२०८२, श्रावण १५ गते

Jul 31 2025 | २०८२, श्रावण १५ गते

प्रमुख दलले सिण्डिकेट खडा गरेर राज्यसत्ता कब्जा गरे : कमल थापा

आइतवार , भाद्र ३, २०८०

काठमाडौं ३ भदौ । 
राप्रपा नेपालका अध्यक्ष कमल थापाले विगत डेढ दशकदेखि सिण्डिकेट खडा गरी प्रमुख दलहरुले राज्यसंयन्त्रमा कब्जा जमाएको आरोप लगायका छन् । थापाले प्रमुख भनिने दलहरुले भुटानी शरणार्थी, ललिता निवास जग्गा, सुनतस्करी, गौर र टिकापुर हत्याकाण्ड फासफुस गर्ने सहमति गरेको भन्दै तीव्र रोष प्रकट गरेका छन् । 

पार्टीको काठमाडौं महानगर समितिद्वारा आयोजित कार्यक्रममा बोल्दै थापाले भ्रष्टाचार र मनपरीतन्त्रको अन्त्य चाहने हो भने संघीय गणतन्त्र नाममा अहिले लुकमा कायम व्यवस्थाको नै अन्त्य जरुरी भएको समेत बताए । 

राप्रपा नेपाल भविष्यमा सत्ता केन्द्रीत हैन, जनता केन्द्रीत भएर जनता र देशको हितको लागि अगाडि बढ्ने संकल्पका साथ आन्दोलनमा जाने तयारीमा रहेको समेत थापाले स्पष्ट पारे । मुलुकमा विदेशी हस्तक्षेप र प्रभाव बढेको भन्दै थापाले बेरोजगारी, धर्म परिवर्तन, महंगीको मारमा सिंगो देश पिल्सिएको चर्चा गर्दै सत्ता केन्द्रित फोहरी खेलले विधिको शासनको उपहास भएको समेत जिकिर गरे ।

कार्यक्रममा नेताहरु तारानाथ लुइँटेल, श्याम घिमिरे, राजकुमार खड्का, दिबेश नापित लगायतले बोलेका थिए । कार्यक्रममा विभिन्न नवप्रवेशीहरुलाई अध्यक्ष थापाले सदस्यता प्रदान गरि पार्टीमा स्वागत गरेका थिए ।