
शनिवार , भाद्र २, २०८०
भैरहवा, २ भदौ ।
नेपाल रेडक्रस सोसाईटी बेलहिया उप–शाखा, रुपन्देही तथा जुनियर रेडक्रस सर्कलको संयुक्त आयोजनामा डेंगी रोग नियन्त्रणसम्बन्धी सचेतनामूलक कार्यक्रम भैरहवामा सम्पन्न भएको छ ।
डेंगु नियन्त्रण तथा रोकथाम र लामखुट्टेको बासस्थान खोज्ने र नष्ट गर्ने अभियानलाई सहयोग पुर्याउने उद्देश्यले सिद्धार्थनगर नगरपालिका–१ बेलहियास्थित श्री बेलहिया माध्यमिक विद्यालयमा कार्यक्रम गरिएको रेडक्रस बेलहिया उप–शाखाका कोषाध्यक्ष माधव शर्माले बताए ।
कार्यक्रममा बोल्दै बेलहिया माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवराज न्यौपानेले डेंगी रोगविरुद्ध सचेतनामूलक कार्यक्रम प्रभावकारी हुने बताए ।
त्यस्तै सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ का वडाअध्यक्ष उज्जवल पोखरेल, गोविन्द प्रसाद राव, पुजा विश्वकर्मालगायतले डेंगी रोग नियन्त्रणका लागि एकजुट भएर अघि बढ्न आग्रह गरे ।
रेडक्रस सोसाईटी बेलहिया उप–शाखाका सभापति सुमन शर्माको सभापतित्व, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवराज न्यौपानेको प्रमुख आतिथ्यता, वडाअध्यक्ष उज्जवल पोखरेलको विशिष्ट आतिथ्यता, वडा सदस्य राज किशोर यादव, बेलहिया गाउँ समाजका अध्यक्ष मोहन सिंह शाही, बेलहिया माविकी प्रधानाध्यापक बिना भण्डारी, बेलहिया माविका शिक्षक नायक गोविन्द प्रसाद राव, गृह लक्ष्मी समूहकी अध्यक्ष मन्जु शर्मा रेग्मीलगायतको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
रेडक्रस सोसाईटी बेलहिया उप–शाखाका कोषाध्यक्ष माधव शर्माको सञ्चालनमा सम्पन्न कार्यक्रममा प्रमुख प्रशिक्षक तथा रेडक्रस सिद्धार्थ उप–शाखाका सचिव राजेश जि.सी.ले सहजीकरण गरेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij