२०८२, श्रावण ९ गते

Jul 25 2025 | २०८२, श्रावण ९ गते

अनेरास्ववियु सिद्धार्थनगरको चौथो अधिवेशन, अध्यक्षमा पाण्डे

शनिवार , भाद्र २, २०८०

भैरहवा, २ भदौ ।
नेकपा (एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) सिद्धार्थनगर नगर कमिटी, रुपन्देहीको चौथो नगर अधिवेशन शनिबार भैरहवामा सम्पन्न भएको छ । अधिवेशनले के.एल. पाण्डेको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको अनेरास्ववियु भैरहवा बहुमुखी क्याम्पस इकाई कमिटी सचिव तथा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सदस्य आशिष पन्तले बताए ।

कमिटीको उपाध्यक्षमा पवन न्यौपाने, सचिवमा संजोग बस्याल, कोषाध्यक्षमा कमल घिमिरे र सह–सचिवमा नविना पोख्रेल रहेका छन् ।

त्यस्तै सदस्यहरुमा इसान्त रसाइली, अजय यादव, प्रिती अर्याल, गणेश पोख्रेल, रिया श्रेष्ठ, समिक्षा ठकुरी, प्रतिक नेपाल, दिप्ती ढुंगाना, एन्जीला शर्मा, सुजल उपाध्याय, सिमा खत्री, कमला बन्जाडे, स्नेहा गौतम, रक्षा कुँवर, सदिक्षा वली, जनक दर्लामी, मिलन पौडेल, प्रतिक्षा नेपाल, मन्जु आचार्य र स्वेता पोख्रेल रहेका छन् । 

कार्यक्रममा बोल्दै प्रमुख अतिथि अनेरास्ववियु स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेश सह–इञ्चार्ज लेखनाथ खनालले विद्यार्थीहरुले पढाइसँगै रचनात्मक कार्यलाई पनि जोड दिनुपर्ने बताए ।

त्यस्तै एमाले रुपन्देही जिल्ला उपसचिव एवं प्रचार विभाग प्रमुख हितराज पन्थी, अनेरास्ववियु केन्द्रीय सदस्य एवं रुपन्देही इञ्चार्ज साजन भण्डारी, केन्द्रीय लेखा आयोग सदस्य दीपक चापागाई, रुपन्देही अध्यक्ष रमेश ढकाल, जिल्ला उपाध्यक्ष भरत अर्याल, एमाले सिद्धार्थनगर अध्यक्ष चक्र बहादुर थापा, नगर उपाध्यक्ष अर्जुन कुमार गिरी, अनेरास्ववियु पूर्व केन्द्रीय सदस्य एवं सिद्धार्थनगर इञ्चार्ज सरोज ठकुरी, शहीद नारायण पोख्रेल रामापुर क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) अध्यक्ष अर्जुन गैरे, भैरहवा बहुमुखी क्याम्पसका स्ववियु अध्यक्ष सागर न्यौपानेलगायतले बोलेका थिए ।

अनेरास्ववियु सिद्धार्थनगर नगर कमिटीका अध्यक्ष सुनिल खनालको अध्यक्षता, उपाध्यक्ष विवेक भण्डारीको स्वागत तथा सह–सचिव मनिषा कार्कीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा स्ववियुमा निर्वाचित पदाधिकारी र सदस्यहरुलाई सम्मानित गरिएको अनेरास्ववियु सिद्धार्थनगर नगर कमिटीले जनाएको छ ।