२०८२, श्रावण १५ गते

Jul 31 2025 | २०८२, श्रावण १५ गते

राष्ट्रिय युवा संघ सिद्धार्थनगर–३ को अध्यक्षमा अनिल थकाली

शनिवार , भाद्र २, २०८०

भैरहवा, २ भदौ ।
नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ, नेपाल सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३ कमिटीको दोस्रो अधिवेशन शनिबार भैरहवामा सम्पन्न भएको छ । अधिवेशनले अनिल थकालीको अध्यक्षतामा २१ सदस्यीय वडा कमिटी सर्वसम्मत निर्वाचित गरेको छ । जसको उपाध्यक्षमा आलम खान, सचिवमा नितु थापा मगर, उपसचिवमा अस्मिता न्यौपाने र कोषाध्यक्षमा अमृत गुरुङ रहेका छन् ।

त्यस्तै सदस्यहरुमा अर्पित श्रेष्ठ, सन्दिप खड्का, अनिल क्षेत्री, विपिन पाण्डे, सलिम उदिन, मोहम्मद सेन, मिराज अली, शिशिर राना, निकेश श्रेष्ठ, आलम खान, सागर पासी, अनित्य गुरुङ, सुजल खड्का, रहिस शेष, समिर धवल र प्रतिक शर्मा रहेका छन् । नवनिर्वाचित कमिटीका पदाधिकारी र सदस्यहरुलाई राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य तथा रुपन्देही क्षेत्र नम्बर ३ का इञ्चार्ज किरण नेपालले सपथ ग्रहण गराएका थिए ।

कार्यक्रममा बोल्दै राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य किरण नेपालले एमालेले जितेको ठाउँमा राम्रो काम भएको र जनप्रतिनिधिको भूमिका महत्वपूर्ण रहेको बताए । उनले भने, ‘युवाहरु विभिन्न क्षेत्रमा अब्बल हुनुहुन्छ । समाजमा भएका गलत गतिविधि चिर्न र समृद्ध समाज निर्माणमा योगदान पुर्याउनुपर्छ । ’ मुलुकलाई एमालेमय बनाउन युवाहरुको महत्वपूर्ण भूमिका रहेको उनको भनाइ छ । उनले समाजमा अन्याय, कुरीति, भ्रष्टाचारकाविरुद्ध राष्ट्रिय युवा संघ सशक्त रुपमा बोल्ने र भूमिका निर्वाह गर्ने दावी गरे ।

एमाले सिद्धार्थनगर कमिटीका अध्यक्ष चक्र बहादुर थापाले एमाले सरकारमा हुँदा विकास निर्माण कार्यले गति लिए पनि गठबन्धन सरकारले देशलाई अस्थिरतातर्फ धकेल्ने काम गरिरहेको बताए । उनले २०८४ को निर्वाचनमा एमालेलाई बहुमतका साथ जिताउनुपर्नेमा जोड दिए ।

राष्ट्रिय युवा संघ लुम्बिनी प्रदेश सदस्य कृष्ण मल्ल ठकुरीले अन्य संगठन भन्दा राष्ट्रिय संगठन फरक रहेको बताए । उनले राष्ट्रिय युवा संघले रचनात्मक कार्यलाई जोड दिएको बताए ।

कार्यक्रममा राष्ट्रिय युवा संघ रुपन्देहीका जिल्ला सचिवालय सदस्य तथा सिद्धार्थनगर इञ्चार्ज विशाल श्रेष्ठ, संघका सिद्धार्थनगर अध्यक्ष प्रविन आचार्य, जिल्ला सदस्य तथा सिद्धार्थनगर सह–इञ्चार्ज सम्झना थापालगायतले बोल्दै मुलुक र जनताको हितमा काम गर्ने पार्टी एमाले भएको दावी गरे ।

IMG_5703.JPG

रोहित सिंहको अध्यक्षता, युवा संघका केन्द्रीय सदस्य किरण नेपालको प्रमुख आतिथ्यता, संघका सिद्धार्थनगर उपाध्यक्ष मनिषराज पाण्डेको स्वागत तथा नितु थापा मगरको सञ्चालनमा सम्पन्न कार्यक्रममा एमाले जिल्ला सल्लाहकार एवं सिद्धार्थनगर–३ का निवर्तमान वडाअध्यक्ष थानेश्वर पौडेल, एमाले सिद्धार्थनगर उपाध्यक्ष अर्जुन कुमार गिरी, उपसचिव माया कंडेल, सिद्धार्थनगर–३ का अध्यक्ष गणेश बेल्बासे, लोकतान्त्रिक आदिवासी जनजाती महासंघ नेपालका केन्द्रीय सदस्य एवं सिद्धार्थनगर–८ का पूर्व वडा सदस्य उमेश थापा लाटोमगर लगायतको आतिथ्यता रहेको थियो ।