
शनिवार , भाद्र २, २०८०
भैरहवा, २ भदौ ।
रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकामा कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा नेपाल) को नगर तदर्थ समिति गठन गरिएको छ । राप्रपा नेपाल लुम्बिनी साँस्कृतिक नगरपालिका समितिको आयोजनामा शनिबार पर्साचोकमा भएको संगठन विस्तार कार्यक्रममा उक्त समिति गठन गरिएको पार्टीले जनाएको छ ।
समितिको अध्यक्षमा हृदयराम यादव, उपाध्यक्षमा सुर्दशन यादव, सचिवमा जोगनाय यादव, सह–सचिवमा रामदास लोध र कोषाध्यक्षमा संजय कलवार रहेको राप्रपा नेपालका केन्द्रीय सदस्य तथा पार्टीका प्रवास विभाग सदस्य–सचिव हरिहर जैसवाल (मनोज) ले बताए ।
त्यस्तै सदस्यहरुमा जोगनाथ धवल, योगेन्द्र यादव, असर्फी चौधरी, सुरेश यादव, सिरपत यादव, लालमुन निसा, सुशिला हरिजन, राधेश्याम गौड, पंचम यादव, सच्चाराम यादव र समिउल्लाह मुसलमान रहेको जैसवालले जानकारी दिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि राप्रपा नेपालका केन्द्रीय सहायक महामन्त्री दिनेशचन्द्र गुप्ताले मुलुकको समस्या समस्या समाधानका लागि राप्रपा नेपाललाई जनताले आगामी निर्वाचनमा जिताउनुपर्ने बताए ।
राप्रपा नेपाल रुपन्देही क्षेत्र नम्बर ५ का अध्यक्ष राधेश्याम यादवको अध्यक्षता तथा निर्वाचन संयोजक एवं केन्द्रीय सदस्य गंगाराम जैसवालको स्वागतमा भएको कार्यक्रममा पार्टीका केन्द्रीय सहायक-प्रवक्ता प्रदीप शेरचन, केन्द्रीय सदस्य गंगाराम जैसवाल, गणेश थापा, रुपन्देही जिल्ला अध्यक्ष अर्जुन थापा, कपिलवस्तु जिल्ला अध्यक्ष रमाकान्त चौधरीलगायतले बोलेका थिए ।
कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी २५ जना राप्रपा नेपालमा प्रवेश गरेको केन्द्रीय सदस्य हरिहर जैसवाल (मनोज)ले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij