images

शुक्रवार, बैशाख २१ गते २०८१

नयाँ व्यवस्थापनसहित टाइगर प्यालेस रिसोर्ट सञ्चालनमा

नयाँ व्यवस्थापनसहित टाइगर प्यालेस रिसोर्ट सञ्चालनमा

सरकारी जग्गाको विवाद छैन, सट्टापट्टा गरेर मिलाईएको छ : लगानीकर्ता 

images
images
images
शुक्रवार, भाद्र १ २०८०
शुक्रवार, भाद्र १ २०८०
  • नयाँ व्यवस्थापनसहित टाइगर प्यालेस रिसोर्ट सञ्चालनमा

    भैरहवा, १ भदौ । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१५ कोटिहवास्थित टाइगर प्यालेस रिसोर्ट अब नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको छ । 

    images
    images
    images

    यस अघिसम्म सिल्भर हेरिटेज गु्रपले आफ्नो सहायक कम्पनी सिल्भर हेरिटेज मार्फत सञ्चालन गर्दै टाईगर प्यालेस रिर्सोट गैरआवासीय नेपालीहरुले लिएर नयाँ व्यवस्थापनका साथ सञ्चालनमा ल्याएको हो । 

    संयुक्त राज्य अमेरिकामा स्थापना गरेको हिमालयन टाइगर इन्भेष्टमेन्ट इंकमार्फत सिल्भर हेरिटेज लिमिटेडमा भएको अष्ट्रेलियन कम्पनीको सम्पूर्ण शेयर खरिद गरी सञ्चालनको प्रक्रियामा रहेको रिर्सोटका अध्यक्ष बुद्धिसागर सुवेदीले जानकारी दिए । 

    Tiger p.jpg

    अमेरिकामा रहेका गैरआवसिय नेपाली वुद्धिसागर सुवेदी, दीपकदत्त गौतम, कुल आचार्य, देव भुसाल, रामजी मरासिनीलगायतको टिमले टाईगर प्यालेस खरिद गरेको हो । 

    बन्द हुन लागेको रिसोर्ट सञ्चालन भइ नेपालमा रोजगारी सिर्जना गर्न तथा पर्यटन उद्योगमार्फत मुलुकको आर्थिक विकासमा योगदान गर्ने कोशिषस्वरुप टाइगर प्यालेस रिसोर्टमा लगानी गरेको अध्यक्ष सुवेदीले बताए । उनले भने, ‘यसमा हाम्रो नाफा आर्जनको उद्देश्य भन्दा पनि आफ्नो जन्मभूमिप्रतिको दायित्व बोध छ ।

    अमेरिकामा कम्पनीले सिल्भर हेरिटेजमार्फत नेपालमा गरेको लगानी र नेपालको व्यवसाय समेतलाई हेरी १५ मिलियन अमेरिकी डलरमा कारोबार भएको सुवेदीले जानकारी दिए । रिसोर्टमा भएको बैंक ऋणको दायित्व लगायतका अन्य व्यवसायिक दायित्वहरु र हालसम्म भएको नोक्सानीको अवस्थालाई हेर्दा आर्थिक रुपमा जर्जर भएको रिसोर्टलाई सञ्चालन गर्नका लागि ठूलो रकम थप लगानी गर्नुपर्ने देखिएको उनले बताए । उनले भने, ‘हामीले गरेको प्रारम्भिक अध्ययनबाट शेयर खरिद कारोबार रकम समेतलाई जोड्दा करिब ४ अर्ब नेपाली रुपैयाँ खर्च गर्नुपर्ने जस्तो देखिएको छ ।’

    रिसोर्टले सरकारी जमिन प्रयोग गरेको भन्ने खबरहरु आएपनि रिसोर्ट निर्माण अगावै सरकारी जग्गा, कुलो नहरवापत १६ कठ्ठा जग्गा रिसोर्टकोतर्फबाट सट्टापट्टा गरी उपलब्ध गराइएको सञ्चालक दिपक दत्त गौतमले बताए ।

    हामीले नेपाल र नेपालीको उन्नतीका लागि यो परियोजनामा हात हालेका हौ, उनले भने सकारात्मक सोचका साथ काम गर्न आएकाले परियोजनालाई सफल रुपमा सञ्चालन गर्न सक्नेमा हामी ढुक्क छौं । उनले स्थानियको सहयोग र सहकार्यमा रिर्सोट सञ्चालन गरिने समेत उल्लेख गरे । 

    विदेशमा बस्ने गैरआवासीय नेपालीहरुले अमेरिकामा खडा गरिएको लगानी कम्पनीमार्फत अष्ट्रेलियन कम्पनीको शेयर खरिद गरेको भए पनि यस कारोबारबाट नेपालमा कुनै करको दायित्व सिर्जना भएमा प्रचलित कानूनबमोजिम लाग्न सक्ने सम्पुण कर तथा राजस्वको दायित्व कानूनले दिएको म्यादभित्र भुक्तान गर्ने गौतमले बताए । उनले भने, ‘यो परियोजना सफल रुपमा सञ्चालन हुँदा गैरआवासीय नेपालीहरुमा लगानी गर्ने विश्वास पैदा हुने र प्रत्यक्ष लगानीको वातावरण बन्नेसमेत विश्वास लिएका छौं ।

    टाइगर प्यालेस रिसोर्ट, यसअन्तर्गतका क्यासिनोहरु पूर्णरुपमा सञ्चालन हुँदा एक हजार भन्दा बढी नेपालीले प्रत्यक्ष रोजगारी पाउने, नेपाल सरकारले पाउने राजस्व वृद्धि हुनुका साथै पर्यटन उद्योगमार्फत मुलुकको आर्थिक समुन्नतिमा महत्वपूर्ण योगदान पुग्ने विश्वास लिएका छौं ।’

    प्रत्यक्ष वैदेशिक लगानीमा सञ्चालित यो रिसोर्ट परियोजना बन्द हुने अवस्थामा पुगेको र विदेशमासमेत नेपालमा वैदेशिक लगानीको वातावरण नभएको गलत सन्देश जाने सूचना पाएपछि विदेशमा बस्ने केही गैरआवासीय नेपालीहरुले अष्ट्रेलियन कम्पनीको सिल्भर हेरिटेज लिमिटेडमा भएको सबै शेयर खरिद गरेको गौतमले जानकारी दिए ।

    टाइगर प्यालेस रिसोर्टलाई अष्ट्रेलियन कम्पनी सिल्भर हेरिटेज गु्रप लिमिटेडले शेयर लगानी गरी सञ्चालन गर्दै आएको थियो । सो अष्ट्रेलियन कम्पनीले यो रिसोर्ट सञ्चालन गर्न तथा क्यासिनो व्यवसाय सञ्चालन गर्ने सिलसिलामा नेपालमा करिब ५ अर्ब रुपैयाँ लगानी गरेको थियो । रिसोर्ट र यस कम्पनी मातहतमा सञ्चालित क्यासिनोहरुमा करिब १ हजार जना नेपालीले प्रत्यक्ष रोजगारी पाएका थिए र यसले नेपाल सरकारलाई करोडौं रुपैयाँ राजस्वसमेत तिर्दै आएको थियो । तर, कोभिड महामारी र रिसोर्ट सञ्चालनको क्रममा देखिएको आन्तरिक विवादले केही वर्षदेखि रिसोर्ट पूर्णरुपमा सञ्चालनमा आउन सकेको थिएन । 

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij