२०८२, श्रावण १५ गते

Jul 31 2025 | २०८२, श्रावण १५ गते

लायन्स क्लब अफ बुटवल स्टार्सद्वारा डिष्ट्रिक गभर्नरलाई स्वागत

बिहिवार , श्रावण ३२, २०८०

बुटवल, ३२ साउन ।
लायन्स क्लब अफ बुटवल स्टार्सले लायन्स ईन्टरनेशनल डिष्ट्रिक ३२५ पी, नेपाल वर्ष २०२३/०२४ का गभर्नर अर्जुनमान सैंजुलाई स्वागत गरेको  छ । बिहीबार एक कार्यक्रमको आयोजना गरी क्लबको सचिवालय बुटवल उपमहानगरपालिका–६ स्थित सुन्दरनगरमा स्वागत गरेको हो । 

गभर्नरसहित फस्ट भाइस डिष्टिक गभर्नर (भीडीजी) पुरुषोत्तम भक्त प्रधानाङ्ग, पूर्व गभर्नर अरुण प्रताप राणा, डिष्ट्रिक सचिव विनोद खरेल, डिष्ट्रिक कोषाध्यक्ष दिनेश प्रसाद श्रेष्ठ, लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ पी एलसीआईएफ कोअडीनेटर सन्दीप कसौधन लगायतलाई स्वागत गरेको हो । 

367702528_598582632475746_7832422697056808017_n.jpg

कार्यक्रममा बोल्दै लायन्स ईन्टरनेशनल डिष्ट्रिक ३२५ पी, नेपालका गभर्नर अर्जुनमान सैंजुले लायन्स स्टार्सले सामाजिक क्षेत्रमा नमूना काम गर्दै आएको बताउँदै यसलाई निरन्तरता दिनुपर्ने बताए । उनले सामाजिक सेवा भावले स्थापना भएका लायन्स क्लबहरुले मानवीय सेवा भावका कार्यक्रमलाई निरन्तरता दिदै क्लबको नामसँगै देशकै नाम उच्च राख्न सकिने बताए ।

कार्यक्रममा सिनियर डिष्ट्रिक एड्भाईजर आशिषकृष्ण श्रेष्ठ, डिष्ट्रिक  चिफ एम.एल. पाण्डे, एरिया ३ का चिफ कोर्डीनेटर विनोद सुवेदी,  रिजन चेयरपर्सन उमनाथ अधिकारी, डिष्ट्रिक डिर्पाटमेन्ट मेम्बर दीपक भट्टराई, जोन चेयरपर्सन शारदा न्यौपाने, लायन्स स्टार्सका अध्यक्ष रिन्कु लिगल, प्रथम उपाध्यक्ष भुपेन्द्र अर्याललगायतले बोलेका थिए ।