
बिहिवार , श्रावण ३२, २०८०
भैरहवा, ३२ साउन ।
सामूदायिक विद्यालय व्यवस्थापन समिति महासंघ, नेपाल सिद्धार्थनगर नगरपालिकाको दोस्रो नगर अधिवेशन बिहीबार भैरहवामा सम्पन्न भएको छ । अधिवेशनले तिलकराम ज्ञवालीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । ज्ञवाली सिद्धार्थनगर नगरपालिका–८ स्थित श्री रुपन्देही लीलाराम न्यौपाने माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हुन् ।
कार्यसमितिको उपाध्यक्षमा आनन्द प्रसाद गुप्ता, सचिवमा देवराज न्यौपाने, कोषाध्यक्षमा तनु शर्मा कसौधन र सह–सचिवमा सलुजा रामदाम रहेका छन् ।
त्यस्तै सदस्यहरुमा गोविन्द प्रसाद बस्याल, दिपा श्रेष्ठ, खगराज पाण्डे, रामसेवक कुर्मी चौधरी, गणेश यादव, लक्ष्मी पाण्डे र सीता ढुंगाना काफ्ले रहेका छन् ।
सामूदायिक विद्यालय व्यवस्थापन समिति महासंघ सिद्धार्थनगरका अध्यक्ष एवं केन्द्रीय सदस्य सुशील गुरुङको अध्यक्षता तथा महासंघ लुम्बिनी प्रदेश अध्यक्ष सरद भट्टराईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा महासंघ रुपन्देहीका अध्यक्ष युवराज गुरुङलगायतको उपस्थिति रहेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij