
बिहिवार , श्रावण ३२, २०८०
भैरहवा, ३२ साउन ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ बेलहियामा रहेको गृहलक्ष्मी समूहको दोस्रो अधिवेशनले मञ्जु शर्माको नेतृत्वमा नयाँ नेतृत्व चयन गरेको छ ।
समूहको साधारणसभा तथा दोस्रो अधिवेशनले शर्माको अध्यक्षतामा ९ सदस्यीय नयाँ नेतृत्व चयन भएको हो ।
जसको उपाध्यक्षमा मीना देवकोटा, सचिवमा विनिता ज्ञवाली, कोषाध्यक्षमा सावित्री लम्साल, सह–सचिवमा राधा शर्मा, सह–कोषाध्यक्षमा मनु गुरुङ र सदस्यहरुमा मीना शर्मा, सन्ध्या क्षेत्री, सरिका शर्मा रहेको निर्वाचन आयुक्त तथा सिनपा वडा नम्बर ५ का वडाअध्यक्ष पुरन प्रसाद श्रेष्ठले जानकारी दिए ।
देवी न्यौपानेको अध्यक्षता, सिनपा–१ का वडाअध्यक्ष उज्जवल पोखरेलको प्रमुख आतिथ्यता तथा मीना खनालको संयोजकत्वमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij