images

शुक्रवार, बैशाख २१ गते २०८१

विविध कार्यक्रम गरी लुम्बिनी फोटोग्राफर संघले फोटोग्राफी दिवस मनाउँदै

विविध कार्यक्रम गरी लुम्बिनी फोटोग्राफर संघले फोटोग्राफी दिवस मनाउँदै

images
images
images
बिहिवार, श्रावण ३२ २०८०
बिहिवार, श्रावण ३२ २०८०
  • विविध कार्यक्रम गरी लुम्बिनी फोटोग्राफर संघले फोटोग्राफी दिवस मनाउँदै

    बुटवल, ३२ साउन । 
    १८४ औं विश्व फोटोग्राफी दिवसको अवसर पारेर लुम्बिनी फोटोग्राफर संघ, रुपन्देहीले विविध कार्यक्रमको आयोजना गरेको छ । दिवसको पूर्वसंध्यामा संघले यही भदौ १ गते बुटवलमा रक्तदान, २ गते पाल्पा तिनाउको पर्यटन प्रवर्द्धनका लागि फोटोग्राफी पैदलयात्रा र ३ गते बुटवलमै महिला फोटोग्राफरहरुका निम्ति आधारभूत फोटोग्राफी सम्बन्धि तालिमको आयोजना गरी दिवसलाई भव्य तथा सभ्यरुपमा सम्पन्न गरिने संघका रुपन्देही अध्यक्ष मनिष पन्थले बताए।

    images
    images
    images

    तिनाउको ऐतिहासिक, धार्मिक एवम् पर्यटकीय क्षेत्रलाई फोटोग्राफीको माध्यमबाट प्रचारप्रसार गर्नका लागि तिनाउ गाउँपालिकासँग सहकार्य र लुम्बिनी केवलकार प्रा.लि.को सहयोग रहने अध्यक्ष पन्थले बताए । विगतका वर्षदेखि संघले विश्व फोटाग्राफी दिवस मनाउँदै आएको र यसले फोटोग्राफरहरुलाई आफ्नो पेशाप्रति व्यवसायीकीकरण र जीविकोपार्जनतर्फ उन्मुख गराएको पन्थले जानकारी गराए । 

    पछिल्लोपटक रुपन्देही फोटोग्राफर संघमा आबद्ध फोटोग्राफरहरुलाई, संस्थागत विकास तालिम, विषयगत एवं क्षमता अभिवृद्धि तालिम एवम् सामाजिक उत्तरदायित्व निर्वाह गर्ने कार्यक्रमहरु गर्दै आएको संघका महासचिव माधव पन्थले सुनाए ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij