
बिहिवार , श्रावण ३२, २०८०
रुपन्देही, ३२ साउन ।
रुपन्देहीको कञ्चन गाउँपालिकामा प्रथम लौसा तीज विशेष साँस्कृतिक मेला–२०८० सुरु भएको छ । न्यू मुनलाइट युवा क्लब कञ्चन गाउँपालिका–१ को आयोजना र अकला एम्युजमेन्ट कम्पनी प्रा.लि.को व्यवस्थापनमा सुरु भएको मेला भदौ ११ गतेसम्म चल्नेछ । मेलाको बुधबार कन्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले गरेका थिए ।
त्यसअवसरमा उनले नेपालीको मौलिक संस्कृति र परम्परा जोगाइराख्न यस्ता मेला महोत्सवहरुले महत्वपूर्ण योगदान पुर्याउने बताए । तीज गीतको मौलिकपनालाई जोगाइराख्न र स्थानीय समुदायलाई मनोरन्जन प्रदान गर्न साँस्कृतिक मेला आयोजना गरिएको क्लबका अध्यक्ष प्रकाश कार्कीले बताए ।
साँस्कृतिक मेला उद्घाटनका अवसरमा कञ्चन गाउँपालिका–१ का वडाअध्यक्ष हरिनारायण थारु, वडा नम्बर २ का वडाअध्यक्ष टेकबहादुर गुरुङ, गाउँपालिकाका प्रवक्ता चित्रलाल तुलाचन, पत्रकार दिनेश घिमिरे लगायतले साँस्कृतिक मेला सफलताको शुभकामना व्यक्त गरेका थिए ।
महोत्सवमा राष्ट्रिय कलाकारहरु प्रकाश सपुत, दुर्गेश थापा, ज्योती मगर, पशुपति शर्मा, बद्री पंगेनी, चन्द्र शर्मा, खुमन अधिकारी, रचना रिमाल, समीक्षा अधिकारीलगायत विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारहरुले आ–आफ्नो प्रस्तुति देखाउने छन् ।
कञ्चन गाउँपालिका वडा नम्बर १ को खेलमैदानमा आयोजना गरिएको साँस्कृतिक मेलामा विभिन्न तीजसम्बन्धी गीत तथा विभिन्न डान्स प्रस्तुत गरिनेछ । मेला हरेक दिन दिउँसो ३ बजेदेखि राति १० बजेसम्म सञ्चालन हुनेछ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij