२०८२, श्रावण १५ गते

Jul 31 2025 | २०८२, श्रावण १५ गते

काठमाडौं आइपुग्यो चिनियाँ जनमुक्ति सेनाको टोली

बिहिवार , श्रावण ३२, २०८०

काठमाडौं, ३२ साउन । 
चिनियाँ जनमुक्ति सेनाको टोली काठमाडौं आइपुगेको छ । तिब्बत कमान्डोका मेजर जनलर यूए एन्देको नेतृत्वको ८ सदस्यीय टोली काठमाडौं आएको हो । उक्त टोलीले स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाका उपरथी सागरबहादुर थापा पुगेका थिए ।

काठमाडौं आएलगत्तै उक्त टोलीले नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मासँग भेटवार्ता गरेको छ । जङ्गी अड्डामा भएको उनीहरुबीच शिष्टाचार भेटघाटमा  दुईपक्षीय हित तथा आपसी चासोका विषयहरुमा छलफल भएको जनाइएको छ । चिनियाँ सेनाको टोलीले सैनिक कमान्ड तथा स्टाफ कलेज, सैनिक संग्रहालयलगायतका सैनिक इकाइहरूका भ्रमण गर्ने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ ।