२०८२, श्रावण १५ गते

Jul 31 2025 | २०८२, श्रावण १५ गते

लुम्बिनी प्रदेशसभा सचिव पुनले लिए शपथ 

बुधवार , श्रावण ३१, २०८०

देउखुरी, ३१ साउन । 
लुम्बिनी प्रदेशसभा सचिव दुर्लभकुमार पुनले शपथ लिएका छन् । सभामुख तुलाराम घर्तीमगरले सचिव पुनलाई बुधबार पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन् ।

उनलाई सभामुख घर्तीको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशसभा सचिव पदमा नियुक्त गरेका हुन् । आइतबार प्रदेश प्रमुख शेरचनको कार्यालयमा जिम्मेवारी पाएका पुनले बुधबार शपथग्रहणपछि पुनः काम सुरु गरेका छन् । पुनले यसअघि ५ वर्ष प्रदेशसभा सचिवको जिम्मेवारी सम्हालिसकेका छन् ।

दोस्रो कार्यकालको लागि जिम्मेवारी पाएका पुनले पहिलो कार्यकालमा शून्यबाट सुरु गरेर अस्थायी राजधानीबाट काम गर्दा भौतिक पूर्वाधार, संघीयता कार्यान्यवन र कानून निर्माणमा संसद् सचिवालयमा काम गरेको बताए । दोस्रो कार्यकाल सुरु गर्दा स्थायी राजधानीमा भौतिक, प्रशासनीय र विधि व्यवस्थापन गर्न उत्तिकै चुनौती र महत्वपूर्ण रहेको बताए ।