
बुधवार , श्रावण ३१, २०८०
बुटवल, ३१ साउन ।
नेपाल विद्युत प्राधिकरणको ३८ औं वार्षिक उत्सवको अवसरमा विद्युत प्राधिकरण कर्मचारी युनियन लुम्बिनी प्रदेश समितिले बृहत रक्तदान कार्यक्रम गरेको छ । विद्युत प्राधिकरण प्राधिकरण लुम्बिनी प्रादेशिक कार्यालय कालिकानगर बुटवलमा मंगलबार गरिएको रक्तदानमा ११२ युनिट रगत संकलन भएको हो ।
रक्त सञ्चार केन्द्र बुटवलको प्राविधिक सहयोगमा भएको कार्यक्रममा लुम्बिनी प्रदेशको रुपन्देही, कपिलवस्तु, पाल्पा, नवलपरासीलगायत जिल्लाका विद्युत प्राधिकरणका कर्मचारीको सहभागीता रहेको थियो ।
रक्तदान कार्यक्रमको शुभारम्भ गर्दै विद्युत प्राधिकरण लुम्बिनी प्रादेशिक कार्यालय बुटवलका प्रमुख नवराज ओझाले कर्मचारीहरूले सेवासँगै सामाजिक उत्तरदायित्व बहनमा पनि उत्तिकै जिम्मेवार हुन्छन् भन्ने कुरा यस रक्तदान कार्यक्रमले देखाएको बताए । उनले डेँगी लगायत विभिन्न संक्रामक रोग फैलिरहेका बेला यस प्रकारको बृहत रक्तदान हुनु सकारात्मक रहेको बताए ।
त्यस्तै विद्युत प्राधिकरण कर्मचारी युनियनका अध्यक्ष अमृत रेग्मीले युनियनले विगतदेखि नै विभिन्न रचनात्मक कार्य गदै आएको र आफ्नो सेवाका अलवा सामाजिक कार्यमा सहभागीता जनाउँदै आएको बताए ।
युनियनका अध्यक्ष अमृत रेग्मीको अध्यक्षतामा भएको रक्तदान शुभारम्भ कार्यक्रममा बुटवल गिर्ड महाशाखा प्रमुख सुरज गौतम, पेशागत महासंघका केन्द्रिय सदस्य डिल्लीराज बेलबासे, विद्युत प्राधिकरण कर्मचारी युनियनका केन्द्रिय उपाध्यक्ष कल्पना थापा लक्ष्मण पोखरेल, बाबुराम ज्ञवाली, विष्णु पौडेल, सुरेश पौडेल, प्रकाश भुसाल, उमा अर्याल, रोशन न्यौपाने, दिनेश पाण्डेलगायतले बोल्दै रक्तदान जीवनदान रहेकोले आगामी दिनमा समेत रक्तदानमा सहभागिता जनाउन सम्पूर्ण कर्मचारीहरुलाई आग्रह गरे ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij