
बुधवार , श्रावण ३१, २०८०
बुटवल, ३१ साउन ।
बुटवल लेडी जेसीजले आयोजना गरेको जेसीज सप्ताह अन्तर्गत चौथो दिन मानव सेवा आश्रम बुटवलमा रहेका व्यक्तिहरूको दाँत, मुख तथा गिजासम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
बुटवल उपमहानगरपालिका– ८ सुख्खानगरस्थित आश्रममा स्वास्थ्यकर्मीसहितको टोलीले आश्रितहरूको दाँत, मुख तथा गिजाको अवस्था जाँच गरी औषधिसमेत वितरण गरिएको कार्यक्रम संयोजक लक्ष्मी पौडेलले जानकारी दिइन् ।
कार्यक्रममा बोल्दै मानव सेवा आश्रम बुटवलका अभिभावक तथा वरिष्ठ सल्लाहकार लोकनाथ भुसालले मानवता प्रवद्र्धनको काम मानव सेवा आश्रमले आम गर्दै आएको बताउँदै सडक मानवमुक्त अभियान सञ्चालन गर्दै आएको बताए । उनले आश्रममा २ सय जनाले सेवा लिइरहेको बताउँदै आश्रमको दैनिक ५० हजार खर्च रहेको भए पनि समाज सहयोगीहरुको सहयोगले सहज भएको बताए । उनले जेसिज र मानव सेवा आश्रमको नाम काम र लोगो एउटै रहेको बताए ।
ओम शान्ति डेन्टल हेल्थ केयर प्रा.लि.का सञ्चालक डा. सन्दीप पौडेल र डेण्टल असिस्टेन्ट निशा दर्लामीको टोलीले परीक्षण तथा औषधि वितरण गरेका थिए ।
कार्यक्रममा बुटवल लेडी जेसीजकी पूर्व अध्यक्ष एवं सल्लाहकार राधिका पोखरेल, अध्यक्ष कमला लम्साल, कार्यकारिणी उपाध्यक्ष बसन्ता घिमिरे, महासचिव रुपा श्रेष्ठ पाठक, सह–कोषाध्यक्ष कविता श्रेष्ठलगायतले बोलेका थिए ।
आइतबारदेखि सुरु भएको जेसीज सप्ताह भदौ २ गते सञ्चालन हुने बुटवल लेडी जेसीज अध्यक्ष कमला लम्सालले जानकारी दिइन् । उनका अनुसार बिहीबार साउन ३२ गते वित्तीय साक्षरता कार्यक्रम, भदौ १ गते प्रदेश राजधानी स्थानान्तरणसँगै बुटवल क्षेत्रमा देखिएको सुस्त आर्थिक गतिविधि, वर्तमान आर्थिक अवस्था र बुटवलमा देखिएका विभिन्न समस्यालाई मध्यनजर गर्दै सरोकारवालाहरूकाबीच अन्तरक्रिया कार्यक्रम हुनेछ ।
त्यस्तै जेसीज सप्ताहको अन्तिम दिन भदौ २ गते पुरस्कार वितरण तथा समापन समारोह रहेको जेसीज सप्ताहका मूल संयोजक रुपा श्रेष्ठले जानकारी दिइन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij