२०८२, श्रावण १५ गते

Jul 31 2025 | २०८२, श्रावण १५ गते

भारतीय स्वतन्त्रता दिवसमा शुभकामना आदानप्रदान

बुधवार , श्रावण ३१, २०८०

तिलोत्तमा, ३१ साउन । 
नेपाली भारतीय भुपु सैनिक मधवलियाले भारतीय स्वतन्त्रताको अवसरमा शुभकामना आदानप्रदान तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । भारतलाई कर्मथलो बनाएका नेपाली भारतीय भुपु सैनिकले भारतीय स्वतन्त्रता दिवसको अवसरमा शुभकामना आदानप्रदान गरेका हुन् । 

नेपाल एसबीआई बैकको सहकार्यमा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले मधवलिया क्षेत्रमा भारतीय भुपु सैनिकहरुको सहजताका लागि बैंकको शाखा कार्यालय स्थापनाको लागि माग गरे । 

कार्यक्रममा बोल्दै क्याप्टेन कुल प्रसाद गुरुङले नेपाली भारतीय भुपु सैनिकले नेपालको अर्थतन्त्रमा महत्वपूर्ण टेवा पुर्याएको उल्लेख गरे । उनले कोटिहवा, मधवलिया क्षेत्रमा नेपाली भारतीय भुपु सैनिकको संख्या उल्लेख्य रहेको उल्लेख गर्दै पेन्सन बुझ्नका लागि एसबीआई बैंकको शाखा कार्यालय आवश्यक रहेको बताए । 

कार्यक्रममा लौकाजी गुरुङ, भुपाल सिंह, कृष्णबहादुर थापा, एसबीआई बैंक भैरहवाका प्रबन्धक दिलिप राय लगायतले बोल्दै बैंक स्थापनाका लागि सहजीकरण गर्नुपर्नेमा जोड दिएका थिए । 

सो अवसरमा बैंकले सामाजिक उत्तरदायित्व अन्तरगत मधवलिया गुरुङ समाजलाई ५ थान डस्टबीन प्रदान गरेको नेपाली भारतीय भुपु सैनिक मधवलियाका सचिव मोहन सिंह गुरुङले जानकारी दिए ।