२०८२, श्रावण ९ गते

Jul 25 2025 | २०८२, श्रावण ९ गते

लायन्स र लियो क्लबद्वारा भैरहवामा चिया वितरण र मधुमेह परीक्षण

मंगलवार , श्रावण ३०, २०८०

भैरहवा, ३० साउन ।
लायन्स क्लब अफ सिद्धार्थनगर युथ, लायन्स क्लब अफ भैरहवा, लायन्स क्लब अफ सिद्धार्थनगर सिर्जनशील र लियो क्लब अफ सिद्धार्थनगर युथको आयोजनामा निःशुल्क चिया वितरण र मधुमेह परीक्षण कार्यक्रम सम्पन्न भएको छ ।

सोमबार चारवटा क्लबको संयुक्त आयोजनामा सिद्धार्थनगर नगरपालिका वडा नम्बर ८ स्थित बसडिलवा शिवालय मन्दिर (शिव मन्दिर) मा उक्त कार्यक्रम भएको लायन्स क्लब अफ सिद्धार्थनगर युथका अध्यक्ष सन्दिप नाथ गोंगलले बताए ।

कार्यक्रममा बोल्दै लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५, नेपालका सेकेण्ड भाइस डिष्ट्रिक गभर्नर बालाराम भट्टराईले मन्दिरमा लायन्स र लियो क्लबले गरेको कार्यक्रम सराहनीय रहेको बताए । उनले भने, ‘साउन महिनाको सोमबार चार क्लबले मन्दिरमा आउने भक्तजनलाई मध्यनजर गर्दै कार्यक्रम गर्नु प्रशंसनीय छ ।’

ए वन हेल्थ नेपाल एडभान्सड् डायग्नोष्टिक प्याथोलोजी ल्याब बैंकरोड, भैरहवाको सहयोगमा भएको कार्यक्रममा ९७० जनाको मधुमेह र रक्तचाप (प्रेसर) चेकजाँच गरिएको आयोजकले जनाएका छन् । त्यस्तै २ हजार २ सय जनालाई चिया वितरण गरिएको लायन्स क्लब अफ सिद्धार्थनगर युथका सर्भिस चेयरपर्सन सचिन्द्र तुलाधरले बताए ।

366986236_875817114086205_3572176156895589902_n.jpg

सेजल मल्लिकको स्वागत, पुनम यादवको धन्यवाद ज्ञापन तथा हरि आचार्यको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा लायन्स अगुवा गणेश बहादुर क्षेत्री, धिरज कुमार मल्लिक, लायन्स क्लब अफ सिद्धार्थनगर युथका अध्यक्ष सन्दिप नाथ गोंगल, लायन्स क्लब अफ भैरहवाका अध्यक्ष अर्जुन न्यौपाने, लायन्स क्लब अफ सिद्धार्थनगर सिर्जनशीलकी अध्यक्ष पुनम यादव, लियो क्लब अफ सिद्धार्थनगर युथकी अध्यक्ष सेजल मल्लिक, विभिन्न क्लबका अध्यक्ष, पदाधिकारी, सदस्यहरुलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रम संयोजकको जिम्मेवारी सुशिल कुमार सिंघल, बलराम कार्की, शिव कुमारी श्रेष्ठ र अनुप कुमार पाण्डेले निर्वाह गरेका थिए ।

365639602_803553457923119_7715933022080348276_n.jpg
365861933_253278370932742_9050399941976710279_n.jpg