
मंगलवार , श्रावण ३०, २०८०
काठमाडौं, ३० साउन ।
राष्ट्रिय युवा संघ, नेपाल कञ्चनपुरको अधिवेशनमा कुटपिटमा संलग्न सात जनालाई एमाले पार्टीको सदस्यसमेत नरहने गरी निष्काशित गरिएको छ ।
मंगलबार प्रेस वक्तव्य जारी गर्दै जिल्ला कमिटी कार्यवाहक अध्यक्ष लक्ष्मी बुढाले सोमबार बसेको जिल्ला कमिटीको सचिवालय बैठकले निष्काशनको निर्णय गरेको जानकारी दिइन् ।
जिल्ला कमिटी सदस्य कमल रोकाया, रमेश भट्ट, राधाकृष्ण जोशी र केशव चन्द, प्रवीन बोगटी, रोहित कुँवर र नवीन चन्दलाई पार्टी सदस्य नरहने गरी निष्कासित गरिएको एमालेले जनाएको छ ।
बैठकले कुटपिटलाई सांघातिक र बर्बर आक्रमणको संज्ञा दिँदै आक्रमणमा संलग्नलाई कानुनबमोजिम कारबाही गर्न प्रशासनलाई आग्रह गरेको छ ।
निर्वाचन कार्यतालिका टाँस गर्ने क्रममा भीमदत्त नगरपालिका–१८ का वडाध्यक्षसमेत रहेका पार्टी जिल्ला कमिटी सदस्य रविन्द्रप्रसाद देवकोटामाथि कुटपिट भएको थियो । घाइते देवकोटाको काठमाडौंमा उपचार भइरहेको छ ।
पार्टी सचिवालय बैठकले यस घटनाको छानबिनका लागी कार्यदल समेत गठन गरेको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij