images

आइतवार, बैशाख १६ गते २०८१

जोय बाइडेनले सम्हाले संयुक्त राज्य अमेरिकाको बागडोर

जोय बाइडेनले सम्हाले संयुक्त राज्य अमेरिकाको बागडोर

images
images
images
बिहिवार, माघ ८ २०७७
बिहिवार, माघ ८ २०७७
  • जोय बाइडेनले सम्हाले संयुक्त राज्य अमेरिकाको बागडोर

    न्यूयोर्क, ८ माघ ।
    आगामी ४ वर्षिय कार्यकालका लागि संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिका रुपमा नवनिर्वाचित जोय बाइडेनले ह्वाइट हाउस प्रबेश गर्दै कार्यभार सम्हालेका छन् । गत नोभेम्बर ३ मा सम्पन्न आमनिर्वाचनमा डेमोक्रेटिक दलका उम्मेदवार जो बाइडेन राष्ट्रपति पदमा विजयी भएका थिए । रिपब्लीकन पार्टीका उम्मेदवार निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प वाईडेनसँग पराजित भएसँगै हिजो २० जनवरीबाट ह्वाइट हाउस छोडेका छन् ।

    images

    आफ्नो शासन अवधिमा गरेका काम र लिएका नीतिका कारण कहिले आलोचित र कहिले चर्चित बनेका निवर्तमान राष्ट्रपति ट्रम्पको बिदाइका अवसरमा विश्वका नेताहरुले विभिन्न प्रतिक्रिया दिएका छन् । इरानका राष्ट्रपति हसन रुहानीले अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पको बिदाइको स्वागत गरेका छन् । रुहानीले राष्ट्रपति ट्रम्पले चार वर्षसम्म आफ्नै जनता र संसारका लागि समस्या निम्त्याउनु बाहेक अरु कुनै फलदायी कार्य नगरेको प्रतिक्रिया दिएका छन् । 

    राष्ट्रपति ट्रम्पले सन् २०१६ मा सत्ता सम्हाले लगत्तै इरानसँगको आणविक सम्झौताबाट अमेरिका बाहिरिएको घोषणा गर्दै इरानमाथि कठोर आर्थिक नाकाबन्दीको निति अघि सारेका थिए । ईरानी राष्ट्रपति रुहानीको भनाइ त्यसैको प्रतिक्रिया भएको बताइएको छ । यस्तै कतिपय नेताहरुले उनको प्रशंसा पनि गरेको बताइएको छ । 

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij