२०८२, आश्विन ५ गते

Sep 21 2025 | २०८२, आश्विन ५ गते

‘नक्कली’ भनेर पक्राउ परेका सक्कली डाक्टर थुनामुक्त

सोमवार , श्रावण २९, २०८०

  • 1.1K
    Shares
  • 1.1K
    Shares
  • काठमाडौं, २९ साउन । ।

    ’नक्कली’ भनेर पक्राउ परेको तर सक्कली भन्ने खुले पछि डा. रञ्जित कुमार यादव थुनामुक्त भएका छन् । ‘नक्कली डाक्टर’ भन्दै गत साउन २६ गते नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले परेका गरेका डा. यादवलाई थुनामुक्त गरिएको हो ।

    ‘नक्कली डाक्टर’ विरुद्ध अभियान नै चलाएको सीआईबीले अनुसन्धानवाट यादव सक्कली नै भएको खुले पछि उनलाई हिरासतमुक्त गरिएको हो ।

    नेपाल मेडिकल काउन्सिलले यादवको प्रमाणपत्रको प्रतिलिपिसहितको पत्र सीआईबीलाई आइतबार पठाएको थियो । काउन्सिलको उक्त पत्रपछि सीआईबीले उनलाई छाडेको बताइएको छ ।