
सोमवार , श्रावण २९, २०८०
भैरहवा, २९ साउन ।
लुम्बिनी ईट्टा उद्योग व्यवसायी संघ, रुपन्देहीले नेपाल निर्माण व्यवसायी महासंघको आन्दोलनप्रति ऐक्यवद्धता जनाएको छ । निर्माण कार्यसम्पन्न भइसकेपश्चात पनि सरकारी निकायहरुबाट समयमा भुक्तानी नहुँदा निर्माण व्यवसायीहरु थप मारमा परेको, निर्माण कार्यको ठेक्कापट्टामा म्याद थपको अमूर्त आदेश भएको, भुक्तानी समस्यालगायत निर्माण व्यवसायी महासंघबाट विभिन्न चरणमा विरोध कार्यक्रमहरु भइरहेकोमा ध्यानाकर्षण भएको लुम्बिनी ईट्टा उद्योग व्यवसायी संघ, रुपन्देहीका अध्यक्ष अजय कुमार गुप्ताले बताए ।
२०८० साउन २८ गते बसेको संघको निर्णय एवं नेपाल ईट्टा उद्योग महासंघको निर्देशन अनुसार निर्माण सामग्रीको प्रमुख वस्तु ईट्टा पनि भएकाले निर्माण व्यवसायी संघबाट हुने विरोध कार्यक्रमलाई ईट्टा उद्योग व्यवसायी संघबाट ऐक्यवद्धता जाहेर गरिएको गुप्ताले बताए । उनले भने, ‘हामी दुई व्यवसायिक संघको घनिष्ठ सम्बन्ध रहिआएको तथ्यलाई दृष्टिगत गरी विरोधका कार्यक्रममा नैतिक तथा भौतिक समर्थन रहेको व्यहोरा अनुरोध छ । ’ पछिल्लो समय देशभरका निर्माण व्यवसायी सरकारले भुक्तानी नदिएको भन्दै आन्दोलनमा छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij