images

शुक्रवार, बैशाख २१ गते २०८१

लुम्बिनीमा बढ्यो विदेशी पर्यटकको संख्या 

लुम्बिनीमा बढ्यो विदेशी पर्यटकको संख्या 

images
images
images
सोमवार, श्रावण २९ २०८०
सोमवार, श्रावण २९ २०८०
  • लुम्बिनीमा बढ्यो विदेशी पर्यटकको संख्या 

    भैरहवा, २९ साउन ।
    कोरोना (कोभिड–१९) महामारीपछि सुस्ताएको बुद्ध जन्मस्थल लुम्बिनीमा विदेशी पर्यटक आवागमन बढेको छ । कोरोना महामारीपछि लुम्बिनी आउने विदेशी पर्यटकको संख्या पछिल्लो १ वर्षमा रुपमा वृद्धि भएको हो ।

    images
    images
    images

    लुम्बिनी आउने धेरै विदेशी पर्यटकमा थाइल्याण्ड, श्रीलंका, म्यानमार, साउन कोरिया र चीन रहेका छन् । यसका साथै जर्मनी र फ्रान्सबाट समेत पर्यटकहरु लुम्बिनी भ्रमणमा आएका छन् ।

    लुम्बिनी विकास कोषको सूचना शाखाकाअनुसार सन् २०२३ को जुलाई महिनासम्म नेपाली, भारतीय र अन्य मुलुकका गरी ५ लाख ६० हजार ३ सय २५ जनाले लुम्बिनी भ्रमण गरेका छन् । गत वर्ष सन् २०२२ मा जुलाई महिनासम्म ४ लाख ६५ हजार ९ सय ७९ जना पर्यटकले लुम्बिनी भ्रमण गरेका थिए ।

    गतवर्षभन्दा ९४ हजार ३४६ बढी पर्यटकले लुम्बिनी भ्रमण गरेको कोषको सूचना शाखाको तथ्यांकले देखाएको छ । गत वर्षको तुलनामा यो वर्ष लुम्बिनी भ्रमण गर्ने पर्यटकको संख्या उत्साहजनक रुपमा वृद्धि भएको कोषका सूचना तथा जनसम्पर्क अधिकृत डा. हरिध्वज राईले बताए । उनकाअनुसार गतवर्ष जुलाईसम्म नेपाली पर्यटकले ३ लाख ५५ हजार पर्यटकले लुम्बिनी भ्रमण गरेकोमा यो वर्ष त्यो संख्या वृद्धि भएर ३ लाख ७९ हजार पुगेको छ ।उनले लुम्बिनीमा नेपाली, भारतीय पर्यटकसँगै सबैभन्दा बढी तेस्रो मुलुकका पर्यटकहरुको आवागमनमा वृद्धि भएको देखिएको बताए । 

    त्यसै गरी गत वर्ष भारतीयहरु पर्यटकको संख्या १ लाख ६ हजार भएकोमा यो वर्षको जुलाईसम्म १ लाख ४३ हजारले भ्रमण गरिसकेको अधिकृत राईले बताए । कोरोना महामारीपछि सबैभन्दा निकै कम मात्रामा आएका राहदानी (पासपोर्ट) धारी पर्यटक अर्थात नेपाल र भारतबाहेकका पर्यटकको संख्या यो वर्ष निकै उत्साहजनक देखिएको सूचना अधिकृत राईको भनाइ छ । उनका अनुसार गतवर्ष जुलाईसम्म ३ हजार ९ सय ७५ पर्यटकले लुम्बिनी पाइला टेकेकोमा यो वर्ष संख्या हवात्तै वृद्धि भएर ३६ हजार ९ सय ९७ पुगेको छ । यो ८ सय ३० प्रतिशतले वृद्धि भएको हो । 

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij