
आइतवार , श्रावण २८, २०८०
भैरहवा, २८ साउन ।
टेण्ट, लाइट, साउण्ड तथा डेकोरेशन व्यवसायीको जिल्लास्तरीय भेला शनिबार रुपन्देहीको भैरहवामा सम्पन्न भएको छ । भेलाले रवि कुमार जयसवालको अध्यक्षतामा जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको छ । जसको उपाध्यक्षमा मोहम्मद इसरार मुसलमान, सचिवमा किरण कुमार श्रेष्ठ, उपसचिवमा वसिम अहमद र कोषाध्यक्षमा महेश पौड्याल रहेका छन् ।
त्यस्तै सदस्यहरुमा राम सहाय लोहार, संजय गुप्ता, दिलिप कलवार, दुर्गेश गुप्ता र मोनु अली रहेका छन् ।
त्यसै गरी सल्लाहकारमा चन्द्रमोहन पटवा, विजय प्रधान, मोहम्मद इलियाज चुडियार, अफरोज अहमद, दुर्गा काफ्ले, रईस खान र विरेन्द्र कुर्मी रहेका छन् ।
कार्यक्रममा बोल्ने व्यवसायीहरुले संगठित हुनुपर्ने बताए । उनीहरुले संगठन नै शक्ति भएको बताए । व्यवसायीहरुका समस्या समाधानका लागि एक्लाएक्लै आवाज उठाउनु भन्दा एकतबाद्ध भएर आवाज उठाउनुपर्ने उनीहरुको भनाइ छ ।
किरण श्रेष्ठको अध्यक्षता, चन्द्रमोहन पटवाको प्रमुख आतिथ्यता, राम सहाय लोहारको संयोजकत्व तथा दुर्गेश गुप्ताको स्वागतमा सम्पन्न कार्यक्रममा इसरार अली, रईस खान, सम्साद अहमद मुसलमानलगायतले बोलेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij