२०८२, श्रावण १४ गते

Jul 30 2025 | २०८२, श्रावण १४ गते

रोटरी र रोट्रयाक्ट रुपन्देहीद्वारा वृक्षारोपण

आइतवार , श्रावण २८, २०८०

तिलोत्तमा, २८ साउन । 
रोटरी क्लब अफ रुपन्देहीले तिलोत्तमा नगरपालिका–८, स्थित करहिया सामुदायिक वनमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । सामाजिक उत्तरदायित्व अन्तरगत विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको क्लबले शनिबार करहिया सामुदायिक वन क्षेत्रमा रहेको रोटरी पार्कमा २ सय बढी अमला जातको विरुवा रोपेको जनाएको छ ।

स्थापनाकालदेखि नै विभिन्न सामाजिक क्रियाकलापमा क्रियाशिल क्लबले वातावरणको संरक्षण गर्ने उद्देश्यले वृक्षारोपण कार्यक्रम गरिएको अध्यक्ष हरि लम्सालले बताए । 

कार्यक्रममा बोल्दै प्रमुख अतिथि लुम्बिनी प्रदेशका संयोजक तथा डिष्ट्रिक कन्फ्रेन्स सह–संयोजक ध्रुव धितालले क्लबलाई सम्पूर्ण सदस्यहरुलाई सामाजिक कार्यमा एकजुट भएर लाग्न आग्रह गरे । वृक्षारोपणसँगै रोपिएको विरुवाहरुको संरक्षणमा ध्यान दिनुपर्नेमा उनले जोड दिए ।

365811168_269412235842891_3360437929463975085_n.jpg

करहिया सामुदायिक वनका अध्यक्ष हरिलाल पाण्डेले क्लबले उत्कृष्ट कार्य गरेको र आगामी दिनमा पनि निरन्तरता दिन आग्रह गरे ।

रोट्रयाक्ट क्लब अफ रुपन्देही, इन्ट्रयाक्ट क्लब अफ न्यू इन्भाएरमेण्ट, करिया सामुदायिक वनका अध्यक्ष तथा पदाधिकारीहरुको समेत सहभागिता रहेको कार्यक्रममा सदस्यहरुको सार्थक सहभागीताप्रति धन्यवाद ज्ञापन गरेका थिए ।

रोटरी क्लब अफ रुपन्देहीका अध्यक्ष हरि लम्साल र रोट्रयाक्ट क्लब अफ रुपन्देहीका अध्यक्ष सन्तोष न्यौपानेको अध्यक्षता तथा रोटरी रुपन्देहीको सचिव थानेश्वर बस्यालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।