२०८२, श्रावण १४ गते

Jul 30 2025 | २०८२, श्रावण १४ गते

रूपन्देही प्रहरीद्वारा दुईदिनमा ४० लाख बढीको अवैध सामान बरामद

आइतवार , श्रावण २८, २०८०

भैरहवा, २८ साउन ।
रुपन्देहीले प्रहरीले दुई दिनमै ४० लाख बढी मूल्य बराबरको अवैध बरामद गरेको छ । बिहीबार र शुक्रबार प्रहरीले सवारीसाधनसहित अवैध सामान बरामद गरेको हो । जिल्लाको मायादेवी गाउँपालिका वडा नम्बर ६ स्थित बेथरीबाट २७ लाख ४७ हजार ४ सय बराबरको अवैध सामान बरामद गरिएकोे प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय, बेथरीबाट खटिएको प्रहरी टोलीले ना ३ ख ४४१३ नम्बरको ट्रकलाई शंका लागि चेकजाँच गर्ने क्रममा भारतबाट अवैध रुपमा भन्सार छलेर ल्याउँदै गरेको अवस्थामा सामान बरामद गरिएको रुपन्देही प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) श्यामु अर्यालले बताए ।

डीएसपी अर्यालकाअनुसार उक्त ट्रकबाट थानको कपडा १ हजार ५१४ मिटर, साडी ४७४ पिस, सुट ५०८ पिस, ब्लाउज ५५ पिस, लेहङ्गा ५ पिस, पेटिकोट ६ पिस, सल २७ पिस, लुङ्गी १२ पिस, जेन्स अन्डरवेयरु ८५ पिस, सेण्डो भेष्ट ८० पिस, सुति साडी ९२ पिस र टप्स ४६ पिस बरामद गरिएको छ । बरामद गरिएको सामान र ट्रक भैरहवा भन्सार कार्यालय, बेलहियामा पठाइएको प्रहरीले जनाएको छ ।

त्यस्तै प्रहरीले बिहीबार रोहिणी गाउँपालिका वडा नम्बर ३ स्थित सेमरहवा चोकबाट १२ लाख ६२ हजार २ सय बराबरको सामान बरामद गरेको थियो । ईलाका प्रहरी कार्यालय, धकधईबाट खटिएको प्रहरी टोलीले लु १ च ५८३१ नम्बरको पीकअपमा ल्याउँदै गरेको अवैध सामान माला १ बोरा, जेन्स गेम अन्डरवेयर ८३६ पिस, लेमिनेसन पेपर १२ थान र क्लिप १ बोरा नियन्त्रणमा लिइएको हो ।

पक्राउ पर्ने ट्रकचालक स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नम्बर १३ का ४० वर्षिय लालबहादुर विक, पीकअप चालक नवलपरासी सुनवल नगरपालिका वडा नम्बर ८ बस्ने ३७ वर्षिय संगितकुमार खरविन र बरामद गरिएको सामान, सवारीसाधनसहित आवश्यक कारवाहीको लागि भैरहवा भन्सार कार्यालय, बेलहिया पठाइएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) भरत बहादुर वि.क.ले भने, ‘तस्करीलाई नियन्त्रण गर्न विशेष योजना बनाएर अघि बढेका छौं, कानूनभन्दा माथि कोही छैन् । ’