२०८२, श्रावण १४ गते

Jul 30 2025 | २०८२, श्रावण १४ गते

‘१ कप चियामा ३ घण्टाको तालिम, सहभागीताको कमी हुँदैन’  

आइतवार , श्रावण २८, २०८०

भैरहवा, २८ साउन ।
भैरहवामा लिडरसीप स्किल्ल्स डेभलपमेन्ट ट्रेनिङ (तालिम) को प्रारम्भ नियमित संक्षिप्त योग अभ्यासबाट हुँदै आएको कार्यक्रमका अध्यक्ष सीता भण्डारीले बताएकी छन् । सहभागीहरुले तालिमलाई महत्व दिएर वर्षायामको समयमा पनि उल्लेखनीय उपस्थिति भएको कार्यक्रमका संयोजक तथा खाद्यान्न व्यवसायी प्रकाश रेग्मीले बताए । उनले कार्यक्रममा स्वागत मन्तव्य राख्दै तालिममा १ कप चियाको भरमा पनि उल्लेखनीय उपस्थिति भएर ३ घण्टासम्म कार्यक्रम सञ्चालन भएकाले आयोजकलाई थप हौसला मिलेको बताए ।

झरीपानीको बाबजुद पनि साउन २७  गते शनिवार आयोजित कार्यक्रममा ५०  जना प्रशिक्षार्थीहरु सहभागी भएको अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी तथा कार्यक्रमका साचिव कार्यक्रम सञ्चालक नितु थापाले जानकारी दिइन् ।
कार्यक्रमका प्रमुख अतिथि सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका कार्यसमिति सदस्य तथा सामाजिक अगुवा विरेन्द्र ज्ञवालीले यो तालिम २ वर्षदेखि नियमित सञ्चालन हुँदै आएको बताए । उनले तालिम ८१ औं श्रृंखलासम्म पुग्नु आयोजकको निम्ति ठुलो उपलब्धि भएको बताए ।

तालिमलाई ३ समूहमा विभाजन गरी विभिन्न कार्यक्रम सञ्चालन तथा बैठक बस्ने विधिवारे अभ्यास गराइएको थियो । शनिबारको तालिममा संजिव जोशी, गोपाल भण्डारी, मदन पौडेलले सहजीकरणमा सहयोग गरेका थिए भने मुख्य प्रशिक्षक विजय पाण्डे रहेको इभेन्ट मेनेजमेन्ट टीमका सदस्य कृष्ण साहले बताए  । पाण्डे तालिमका मुख्य प्रस्तोता हुन् ।  

यो तालिम ६५ औं श्रृंखलासम्म सिद्धार्थ उद्योग वाणिज्य संघको सभाहलमा सञ्चालन हुदै आइरहेको थियो । संघमा व्यवसायीलाई मात्र तालिम प्रदान भएको आयोजकको भनाइ छ । अहिले यो तालिममा उद्योगी व्यवसायीसँगै विभिन्न क्षेत्रका व्यक्तिहरुको उत्साहजनक सहभागीता रहेको सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका पूर्व कार्यसमिति सदस्य हरिश सेठियाले बताए । उनले भने, ‘यो तालिमले बोल्न मात्र होइन शान्त बस्न पनि सिकाउँछ र तालिममा स–साना कुराहरु सिक्न सिकाउन पाइन्छ । 

nnn.jpg