२०८२, श्रावण १४ गते

Jul 30 2025 | २०८२, श्रावण १४ गते

इनरह्वील क्लब अफ लुम्बिनीद्वारा वृक्षारोपण

आइतवार , श्रावण २८, २०८०

भैरहवा, २८ साउन ।
इनरह्वील क्लब अफ लुम्बिनीले वृक्षारोपण कार्यक्रम गरेको छ । क्बलको १०० औं स्थापना दिवसको अवसरमा क्लबले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर १२ स्थित स्वर्गद्वारी घाटमा १०० जोडी विरुवा रोपेको हो । 
 
कार्यक्रममा अमला, जामुन, बेल, गुल्मोहर, जरुलको फूल, टिकको विरुवा, सिसौलगायत ११ प्रजातिको विरुवा रोपिएको क्लबले जनाएको छ ।
 
कार्यक्रममा बोल्दै प्रमुख अतिथि सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीले महिलाहरुले नेतृत्व गर्दै आएको इनरह्वील क्लब सामाजिक काममा क्रियाशिल भएको बताउँदै सामाजिक काममा सरकार्य गर्दै अघि बढने बताइन् ।
 
त्यस्तै इनरह्वील क्लब अफ लुम्बिनी वर्ष २०२३/०२४ की अध्यक्ष सिर्जना जोशीले रोपिएका विरुवाको संरक्षणका लागि क्लबका सम्पूर्ण सदस्यहरु तत्पर रहने बताइन् ।
 
इनरह्वील क्लब अफ लुम्बिनीकी संस्थापक तथा डिष्ट्रिक ३५० की एडिटर अध्यक्ष ज्ञानु पौड्यालले महिला बालबालिकाको क्षेत्रसँगै क्लबल वातावरण संरक्षणमा पनि लागिपरेको बताइन् ।
 
सिद्धार्थनगर नगरपालिका वडा नम्बर १२ का वडाअध्यक्ष कुमार गुरुङको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा क्लबका पदाधिकारी, सदस्यहरुलगायतको उपस्थिति रहेको थियो ।
WhatsApp Image 2023-08-12 at 5.22.53 PM (1).jpeg
 
क्लबकी पूर्व अध्यक्ष विना अग्रवालको स्वागत, उपाध्यक्ष विना भण्डारीको धन्यवाद ज्ञापन, कार्यक्रम संयोजक तथा इनरह्वील क्लब अफ लुम्बिनीकी कोषाध्यक्ष नारायणी नेपालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।