२०८२, श्रावण १० गते

Jul 26 2025 | २०८२, श्रावण १० गते

अग्रहरी युवा मञ्च रुपन्देहीको आयोजनामा रक्तदान, ५१ युनिट रगत संकलन

शनिवार , श्रावण २७, २०८०

भैरहवा, २७ साउन ।
अग्रहरी युवा मञ्च रुपन्देहीको आयोजनामा शनिबार भैरहवामा वृहत खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । अग्रहरी सेवा समाज, रुपन्देही र अग्रहरी महिला मञ्च, रुपन्देहीको सहयोगमा सिद्धार्थनगर नगरपालिका–१३ स्थित शान्तिनगर (परासीरोड) मा उक्त कार्यक्रम भएको हो ।

‘रक्तदानको लागि सधै अगाडि बढौं, रक्तदान, जीवनदान’ भन्ने नाराका साथ भएको कार्यक्रममा ५१ युनिट रगत संकलन भएको कार्यक्रम संयोजक तथा अग्रहरी युवा मञ्च रुपन्देहीका अध्यक्ष उमेश अग्रहरीले बताए । उनले कार्यक्रम सफल पार्ने सबैलाई धन्यवाद ज्ञापन गरे ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि लुम्बिनी प्रदेश सरकारका प्रवक्ता तथा गृहमन्त्री सन्तोष कुमार पाण्डेयले रगतको अभावमा कसैको ज्यान नजाओस् भन्ने उद्देश्य रक्तदान कार्यक्रमको आयोजना गर्नु सराहनीय रहेको बताए । उनले आफूले हालसम्म ९६ पटक रक्तदान गरिसकेको जानकारी दिए । मन्त्री पाण्डेयले रक्तदान कार्यक्रमलाई अब ग्रामीण क्षेत्रमा केन्द्रीत गर्न आग्रह गरे । उनले भने, ‘ग्रामीण क्षेत्रका नागरिकलाई रक्तदान कार्यक्रममा समावेश गराउनुपर्छ ।’ अग्रहरी युवा मञ्च, अग्रहरी सेवा समाज र अग्रहरी महिला मञ्च रुपन्देहीले सामाजिक कार्यलाई निरन्तरता दिएको प्रशंसा गरे ।

IMG_5009.JPG

अग्रहरी युवा मञ्च रुपन्देहीका अध्यक्ष उमेश अग्रहरीको अध्यक्षता, अग्रहरी सेवा समाजका संस्थापक अध्यक्ष जोगेन्द्र अग्रहरीको स्वागत तथा अग्रहरी युवा मञ्चका सल्लाहकार ओमप्रकाश अग्रहरीको सञ्चालनमा सम्पन्न कार्यक्रममा अग्रहरी सेवा समाजका अध्यक्ष त्रिभुवन अग्रहरीलगायतले रक्तदानको महत्वबारे प्रकाश पारेका थिए ।
कार्यक्रममा रेडक्रस सोसाईटी रुपन्देही रक्त सञ्चार केन्द्र भैरहवाको प्राविधिक सहयोग रहेको आयोजकले जनाएका छन् ।

IMG_5006.JPG
WhatsApp Image 2023-08-12 at 10.47.46 PM.jpeg