images

बुधवार, बैशाख २६ गते २०८१

‘लुम्बिनीको विकास कोषको सम्पर्क कार्यालय काठमाडौंमा स्थापना गर्ने प्रस्तावले सशंकित बनायो’

‘लुम्बिनीको विकास कोषको सम्पर्क कार्यालय काठमाडौंमा स्थापना गर्ने प्रस्तावले सशंकित बनायो’

images
images
images
शनिवार, श्रावण २७ २०८०
शनिवार, श्रावण २७ २०८०
  • ‘लुम्बिनीको विकास कोषको सम्पर्क कार्यालय काठमाडौंमा स्थापना गर्ने प्रस्तावले सशंकित बनायो’

    भैरहवा, २७ साउन ।
    लुम्बिनी विकास कोषको सम्पर्क कार्यालय काठमाडौंमा स्थापना गर्ने सम्बन्धमा आगामी कार्यकारिणी समिति वा परिषद बैठकमा प्रस्ताव पेश गर्ने निर्णयले सबैलाई सुरुमै सशंकित बनाएको सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीले जनाएको छ । कोषका उपाध्यक्ष, कोषाध्यक्ष, सदस्य सचिव र योजना प्रमुखको उपस्थितिमा शुक्रबार भएको बैठकले गरेको उक्त निर्णय संघको ध्यानाकृष्ट भएको बताएको हो ।

    images
    images
    images

    शनिबार संघले विज्ञप्ती जारी गर्दै बुद्ध जन्मस्थल लुम्बिनी र वरपरका बौद्ध सम्पदाको विकास, प्रवद्र्धन, संरक्षण एवं प्रचारप्रसारमा दुरगामी प्रभाव पार्ने कुनै किसिमका नकारातक निर्णय नलिन लुम्बिनी विकास कोषसँग माग गरेको छ ।

    काठमाडौंमा सम्पर्क कार्यालय स्थापना गरी विगतमा पनि लुम्बिनीलाई ओझेलमा पार्ने प्रयास नभएको होइन, अध्यक्ष ठाकुर कुमार श्रेष्ठले भने, ‘लुम्बिनीको विकास र हित चाहने हो भने लुम्बिनीलेखि बाहिर अन्यत्र कुनै स्थानमा लुम्बिनीको नाममा सम्पर्क कार्यालय वा कुनै नामका कार्यालय खोलिनु हुँदैन यसमा हाम्रो गम्भिर विमत्ति रहेको छ र यो निर्णयलाई तत्कल सच्याउन हामी जोडदार माग गर्दछौं ।’

    सम्पर्क कार्यालय स्थापना गर्ने निर्णयले लुम्बिनीमा अन्यौलमा पार्ने आफूहरुको ठम्याइ रहेको श्रेष्ठले बताए ।

    Press Release from SiCCI .jpg

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij