२०८२, श्रावण १० गते

Jul 26 2025 | २०८२, श्रावण १० गते

डेंगु संक्रमणबाट पाल्पामा ११ महिनाकी बालिकाको मृत्यु

शनिवार , श्रावण २७, २०८०

तानसेन, २६ साउन ।
पाल्पामा डेंगु संक्रमणबाट एक बालिकाको ज्यान गएको छ । युनाइटेड मिसन अस्पताल तानसेन पाल्पामा उपचारको क्रममा ११ महिनाकी बालिकाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा वालिङ नगरपालिका–११, स्याङजा आमडाँडाकी ११ महिनाकी बालिका रहेकी छन् । डेंगु पोजेटिभ बालिकाको उपचारका क्रममा बिहीबार मृत्यु भएको अस्पतालका मेडिकल रेकर्ड अधिकृत दोर्ण भुसालले जानकारी दिए ।