images

बुधवार, बैशाख २६ गते २०८१

सिद्धार्थ सञ्जाल रुपन्देहीको अध्यक्षमा अनिल ज्ञवाली

सिद्धार्थ सञ्जाल रुपन्देहीको अध्यक्षमा अनिल ज्ञवाली

images
images
images
शनिवार, श्रावण २७ २०८०
शनिवार, श्रावण २७ २०८०
  • सिद्धार्थ सञ्जाल रुपन्देहीको अध्यक्षमा अनिल ज्ञवाली

    भैरहवा, २७ साउन ।
    सिद्धार्थ सञ्जाल रुपन्देहीको प्रथम वार्षिक साधारण सभा तथा अधिवेशन शुक्रबार भैरहवामा सम्पन्न भएको छ । अधिवेशनले अनिल कुमार ज्ञवालीको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ ।
    सञ्जालको वरिष्ठ उपाध्यक्षमा चन्द्र प्रकाश श्रेष्ठ, उपाध्यक्षमा विष्णु प्रसाद शर्मा, पुष्पा खनाल (सम्झना), महासचिवमा संजय बजिमय, कोषाध्यक्षमा सतिश कुमार कौसल (दीपक), सचिवमा सचिन रोक्का र सह–कोषाध्यक्षमा मधु प्रसाद पन्थी निर्वाचित भएका छन् ।

    images
    images
    images

    त्यस्तै सदस्यहरुमा केशवराज ज्ञवाली, राम मिलन यादव, किशोर जोशी, रविन्द्र शर्मा घिमिरे, संजीव रोक्का, सूर्य कुमार सारुमगर, विन्दु न्यौपाने, शान्ता कंडेल, नारायण कुँवर, विष्णु प्रसाद खरेल, हरिश सेठिया, श्री भगवानदास गुप्ता (श्रीचन्द) र पिताम्बर न्यौपाने रहेको निर्वाचन अधिकृत जगत बहादुर रायमाझीले बताए ।

    त्यसै गरी साधारणसभा तथा अधिवेशनले तीन जनालाई सदस्यमा मनोनित गरेको छ । मनोनित सदस्यहरुमा कैलाश गुप्ता, उमाशंकर मिश्र र दीपक केसी रहेका छन् ।

    त्यस्तै सल्लाहकारहरुमा ठाकुर कुमार श्रेष्ठ, राम बहादुर कोइरी, ओमकार गौचन, प्रेम कुमार सेन्चुरी, डा. शान्त कुमार शर्मा, नारायण प्रसाद भण्डारी, खिमबहादुर खत्री, चन्द्रमान श्रेष्ठ र कानूनी सल्लाहकारमा जगत बहादुर रायमाझी रहेका छन् ।

    साधारणसभामा अध्यक्ष अनिल कुमार ज्ञवालीले अध्यक्षको प्रतिवेदन तथा कोषाध्यक्ष सतिश कुमार कौसल (दीपक)ले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

    IMG_4863.JPG

    साधारणसभा तथा अधिवेशनको लुम्बिनी प्रदेश सरकारका गृहमन्त्री सन्तोष कुमार पाण्डेयले उद्घाटन गरेका थिए ।

    नवनिर्वाचित अध्यक्ष ज्ञवालीले यस क्षेत्रको आर्थिक गतिविधि दिनप्रतिदिन ओरालो लाग्दै गएको अवस्थामा सम्पूर्ण संघ–संस्था, समूहरुलाई एकढिक्का बनाइ एउटै आवाज दिने उद्देश्यले उद्योगी, व्यवसायी, पर्यटन, कृषकलगायतलाई समेटी एउटा सञ्जालको महसुस गरी सिद्धार्थ सञ्जाल रुपन्देही गठन गरिएको बताए । उनले सिद्धार्थ सञ्जाल २०८० जेठ ९ गते यस क्षेत्रका करिब ३२ वटा संस्थको प्रारम्भिक भेला गरी जेठ २१ गते तदर्थ समिति घोषणा गरिएको र २०८० असार ८ गते जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा संस्था दर्ता गरिएको जानकारी दिए ।

    कार्यक्रममा सिद्धार्थ सञ्जाल, रुपन्देहीलाई रु. ५१ हजार प्रदान गरी सहयोग गरेको भन्दै ओमकार गौचन, राम बहादुर कोइरी, संजीव रोक्का र कैलाश गुप्तालाई सम्मान गरिएको अध्यक्ष ज्ञवालीले बताए ।

    IMG_4827.JPG

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij