
शुक्रवार , श्रावण २६, २०८०
भैरहवा, २६ साउन ।
शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारी रुपन्देही आइपुगेकी छन् । राज्यमन्त्री प्रमिलालाई शुक्रबार दिउँसो भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा लुम्बिनी प्रदेश सरकारका कृषिमन्त्री भण्डारीलाल अहिर, रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादव, शिक्षा विकास तथा समन्वय इकाई रुपन्देहीका प्रमुख माधव वन्जाडे, जनता समाजवादी पार्टी, नेपाल (जसपा) का केन्द्रीय सदस्य महेन्द्र यादव, रुपन्देही जिल्ला अध्यक्ष सियाराम यादव, निवर्तमान अध्यक्ष रामअवतार यादव, विद्यार्थी नेताहरुलगायतले स्वागत गरेका हुन् ।
विमानस्थलमा स्वागतसँगै उनी तिलोत्तमा नगरपालिका मणिग्रामस्थित लुम्बिनी बौद्ध विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयको संयुक्त ब्याचलर अफ हस्पिटालिटी एण्ड टुरिजम (बीएचटीएम) कार्यक्रमको घोषणा कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहभागी भएकी छन् ।
त्यस्तै शनिबार बिहान जसपा रुपन्देहीको आयोजनामा भैरहवामा हुने कार्यकर्ता भेटघाट कार्यक्रममा राज्यमन्त्री प्रमिला कुमारीको सहभागीता रहने पार्टीका रुपन्देही जिल्ला सचिव विष्णु अधिकारीले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij