images

मंगलवार, बैशाख २५ गते २०८१

लुम्बिनीमा भारतीय बौद्ध साँस्कृतिक तथा सम्पदा केन्द्रको निर्माण सुरु

लुम्बिनीमा भारतीय बौद्ध साँस्कृतिक तथा सम्पदा केन्द्रको निर्माण सुरु

images
images
images
आइतवार, श्रावण २१ २०८०
आइतवार, श्रावण २१ २०८०
  • लुम्बिनीमा भारतीय बौद्ध साँस्कृतिक तथा सम्पदा केन्द्रको निर्माण सुरु

    भैरहवा, २१ साउन ।
    बुद्ध जन्मस्थल लुम्बिनीमा भारतीय अन्तर्राष्ट्रिय बौद्ध संस्कृति र सम्पदा केन्द्रको निर्माण सुरु भएको छ । लुम्बिनीस्थित विहार क्षेत्रमा अन्तर्राष्ट्रिय बुद्धिष्ट परिसंघको लगानीमा भारतीय बौद्ध संस्कृति र सम्पदा केन्द्रको निर्माण सुरु भएको हो ।

    images
    images
    images

    गत वर्ष भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी भ्रमणमा आएको बेला मोदी र नेपालका तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त रुपमा भारतीय विहारको शिलान्यास गरेका थिए । आइतबार विहार निर्माण स्थलमा बौद्ध परम्परा अनुसार पूजा र भिक्षुभिक्षुणीबाट पाठ गरेर कमल फूल आकारमा तयार हुने गरी विहारको निर्माण थालिएको छ । 

    भूमिपूजन कार्यक्रममा लुम्बिनी विकास कोषका कार्यवाहक उपाध्यक्ष सिद्धिचरण भट्टराई (ढुण्डिराज) ले अन्तर्राष्ट्रियस्तरको भारतीय विहारको निर्माण प्रारम्भ हुनु सुखद भएको बताउँदै यसले बुद्ध जन्मस्थलको गरिमालाई थप उचाईमा पुर्याउने बताए । उनले नेपाल र भारतबीचको सम्बन्ध दुई छिमेकी देशका रुपमा मात्र सीमित नभइ भगवान गौतमबुद्धका कारण हजारौं वर्ष अघिदेखि नै साँस्कृतिक रुपमा जोडिएको बताए ।

    बुद्ध जीवनका चारधाममध्ये एक बुद्धजन्मस्थल लुम्बिनी र बाँकी ३ धाम भारतमा रहेकाले बौद्ध पर्यटनको विकासमा नेपाल र भारतबीच सहकार्य आवश्यक रहेको उनले बताए । भारतको उपस्थिति बुद्ध जन्मस्थल लुम्बिनीमा अनिवार्य रहेको बताउँदै अबको १८ महिनापछि कमल फूलको आकृतिको विहार सम्पन्न भएर बौद्ध गतिविधि चलायमान हुने उनले बताए ।

    कार्यक्रममा लुम्बिनी विकास कोषका निवर्तमान उपाध्यक्ष भिक्षु मैत्तयले लुम्बिनीमा भारतको उपस्थिति हुनु निकै राम्रो भएको बताए । उनले अन्तर्राष्ट्रियस्तरको विहार निर्माणले आध्यात्मिक र धार्मिक गतिविधिसँगै पर्यटन प्रवद्र्धन हुने बताए ।

    कार्यक्रममा अन्तर्राष्ट्रिय बुद्धिष्ट परिसंघका महासचिव डा. भिक्षु धम्मपियाले लुम्बिनीमा बौद्ध संस्कृति र सम्पदाको प्रवद्र्धनका लागि आधुनिक केन्द्र बनाउन सुरु भएको दिन निकै महत्वपूर्ण रहेको बताए । उनले बुद्धको लुम्बिनीमा जन्म भए पनि बुद्धले ध्यान गरी ज्ञान प्राप्त गरेको बोद्धगया, पहिलोपटक धर्मदेशना गरेको सारनाथ, महापरिनिर्वाण गरेको कुशीनगर भारतमा रहेकाले यी दुई देशबीच सुमधुर सम्बन्ध रहेको बताए । 

    शुभारम्भ कार्यक्रममा नेपालका लागि भारतीय राजदूताबासका सचिव, अन्तर्राष्ट्रिय बौद्ध परिसंघका कार्यसमिति सदस्य भिक्षु थुप्टेन जिकडोललगायतले बोल्दै विहार निर्माणले आध्यात्मिक गतिविधिलाई बढावा दिने बताए ।

    जिरो नेट प्रविधिमा कमलको फूल आकारमा डिजाइन गरिएको विहार १ अर्ब ६० करोड रुपैयाँ लागतमा निर्माण हुने जनाइएको छ । लुम्बिनी गुरुयोजनाभित्रको विहार क्षेत्रमा विहार निर्माण सुरु भएको कोषका योजना प्रमुख सरोज भट्टराईले जानकारी दिए । उनले जिरो नेट प्रविधि अर्थात बाहिरी बिजुली नै आवश्यक नपर्ने गरी आधुनिक विहार भवन निर्माण हुने बताए । एसीसी इण्डिया र गोर्खा विल्डर्स जेवीले आगामी १८ महिनाभित्र आधुनिक खालको विहार निर्माण पूरा गर्ने गरी सम्झौता गरेको छ ।

    भूमिपूजा कार्यक्रममा विभिन्न स्थानीय तहका प्रमुख, कोषका सदस्य सचिव सानुराजा शाक्य, कोषका बोर्ड सदस्यहरु, अखिल नेपाल भिक्षु महासंघका महास्थविर, विभिन्न देशका भिक्षु भिक्षुणी, उपासक, उपासिकालगायतको उपस्थिति रहेको थियो । भूमि पूजा कार्यक्रमको सञ्चालन पत्रकार निरु गौतमले गरेकी थिइन् ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij