images

मंगलवार, बैशाख २५ गते २०८१

पर्यटन क्षेत्रको विकासका लागि एकजुट भएर अघि बढ्नुपर्नेमा जोड

पर्यटन क्षेत्रको विकासका लागि एकजुट भएर अघि बढ्नुपर्नेमा जोड

images
images
images
शनिवार, श्रावण २० २०८०
शनिवार, श्रावण २० २०८०
  • पर्यटन क्षेत्रको विकासका लागि एकजुट भएर अघि बढ्नुपर्नेमा जोड

    भैरहवा, २० साउन ।
    पर्यटन क्षेत्रको विकासका लागि एकजुट भएर अघि बढ्नुपर्नेमा व्यवसायीहरुले जोड दिएका छन् । उनीहरुले एक्लाएक्लै अघि बढ्दा र संगठित भएर अघि बढ्नु फरक भएकाले एकजुट हुन आवश्यक रहेको बताए ।
    होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन, रुपन्देहीले शुक्रबार पाल्पाको रिब्दीकोट गाउँपालिका–३ स्थित सिर्जना फार्ममा आयोजना गरेको आगामी कार्यदिशासम्बन्धी गोष्ठी तथा छलफल कार्यक्रममा व्यवसायीहरुले यस्तो बताएका हुन् ।

    images
    images
    images

    कार्यक्रममा बोल्दै होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन, रुपन्देहीका अध्यक्ष पिताम्बर न्यौपानेले पर्यटन प्रवद्र्धनका लागि संगठनले विभिन्न कार्यक्रम गर्दै आएको बताए । उनले सडक खाना महोत्सव गरेको संगठनले सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु गर्दै आएको जानकारी दिए । अध्यक्ष न्यौपानेले रात्रीकालिन बजार सञ्चालनका लागि पहल गर्दै आएको बताए । उनले पर्यटन क्षेत्रको विकासका लागि ठोस कार्यक्रमहरु अघि सार्ने र विभिन्न संघ–संस्थासँग सहकार्य गर्दै जाने बताए ।

    सिद्धार्थ यातायात प्रा.लि.का अध्यक्ष सूर्य कुमार सारु मगरले सम्पूर्ण संघ–संस्था एकजुट हुन आवश्यक रहेकोमा जोड दिए । उनले सबैलाई समेटेर अघि बढ्नुपर्ने बताए । उनले भने, ‘पर्यटन क्षेत्रको विकासका लागि बसपार्क व्यवस्थित गर्नुपर्छ । एअरपोर्टमा हरेका एअरलायन्सलाई छुट्टै काउण्टर दिए जस्तै बसका लागि पनि फरक काउण्टर दिनुपर्छ । ’

    लुम्बिनी होटल संघ, नेपालका अध्यक्ष गोविन्द ज्ञवालीले व्यवसाय पलायन हुने अवस्थामा भएकाले व्यवसाय बचाउन लाग्नुपर्ने बताए । उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको सम्भावना देखेर होटलमा ठूलो लगानी भए पनि विमानस्थल पूर्ण रुपमा सञ्चालनमा नआउँदा व्यवसायी निराश भएको बताए । उनले बेलहिया नाकालाई व्यवस्थित गर्नुपर्ने बताए । लुम्बिनीको विकासमा जोड दिनुपर्ने उनको भनाइ छ । बजारलाई चलायमान बनाउन ध्यान दिनुपर्ने ज्ञवालीले बताए ।

    चेम्बर अफ कमर्स (उद्योग व्यापार संगठन) रुपन्देहीका सल्लाहकार सुरेन्द्र बस्यालले पर्यटकको बसाइ लम्ब्याउन पर्यटकलाई आकर्षित गर्नुपर्ने बताए । उनले एकपटक आएका पर्यटकलाई वर्षौ वर्षसम्म आउने वातावरण बनाउनुपर्ने बताए ।

    लुम्बिनी मनि चेञ्जर व्यवसायी संघका अध्यक्ष ऋषिराम पाण्डेयले भने, ‘भारतीय सीमा नजिक छौं । प्राय, यहाँ भारतीय पर्यटक आउँछन् । पानपसलदेखि पाँचतारे होटलसम्मका ग्राहक आउँछन् । ’ तर, भारु रुपैयाँ ल्याउन पाउने सीमा अत्यन्त न्यून हुँदा पर्यटन क्षेत्र मर्कामा परेको उनले बताए ।

    होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन, रुपन्देहीका सल्लाहकार तथा मदिरा व्यवसायी संघ, भैरहवाका अध्यक्ष केशवराज ज्ञवालीले मदिरा र होटलबीच नङ र मासुको जस्तै सम्बन्ध रहेको बताए । उनले आर्थिक मन्दीको समयमा सिद्धार्थनगर नगरपालिकाले कर बढाउनु न्यायोचित नभएको बताए । उनले धेरै सटर खाली भएको र बैंक ब्याजदर उच्च रहेको बताए ।

    होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन, रुपन्देहीका वरिष्ठ उपाध्यक्ष रामप्रसाद पोखरेलले सिद्धार्थनगर नगरपालिकाले कर बढाएर नागरिकमाथि ज्यादती गरेको बताए । उनले नगरपालिकाको यो कदमविरुद्ध सशक्त रुपमा आवाज उठाउनुपर्ने बताए ।

    होटल व्यवसायी रोमाकान्त भट्टराईले सिद्धार्थनगर नगरपालिकाले गुट्खा विक्रीवितरण प्रतिबन्ध गरे पनि अनुगमन नहुँदा कार्यान्वयन हुन नसकेको बताए ।

    होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन, रुपन्देहीका निवर्तमान अध्यक्ष गणेश बेल्बासेले पर्यटन व्यवसाय अफ्ठयारो परिस्थितिमा रहेको बताए । उनले निजी क्षेत्रसँग सम्बन्धित संघ–संस्थाले अन्य क्षेत्रसँग समन्वय गर्दै अघि बढ्नुपर्नेमा जोड दिए ।

    लुम्बिनी प्रेस क्लब रुपन्देहीकी अध्यक्ष सम्झना शर्माले भारतीय पर्यटकलाई लक्षित गर्दै स्थानीय तहसँगको सहकार्यमा भैरहवामा सडक खाना कार्यक्रम अघि बढाउन सुझाव दिइन् । उनले पर्यटकलाई आतिथ्यता दिन सके त्यसले पर्यटन प्रवद्र्धनमा सहयोग पुर्याउने धारणा राखिन् । 

    सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन, रुपन्देहीले आफ्ना सदस्यको हकहितसँगै सामाजिक उत्तरदायित्वका कार्यहरु गर्दै आएको बताए । उनले सरकारले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण फरक रहेको बताए । उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमा नचलेसम्म पर्यटन क्षेत्रमा सुधार हुने सम्भावना न्यून रहेको धारणा राखे । उनले रोहिणी नदी बुद्धसँग सम्बन्धित भएकाले यसलाई पर्यटकीय गन्तव्य बनाएर अघि बढ्न सके पर्यटन क्षेत्रको विकासमा टेवा पुग्ने बताए । 

    चेम्बर अफ कमर्स (उद्योग व्यापार संगठन, रुपन्देही) का अध्यक्ष अनिल कुमार ज्ञवालीले पर्यटन क्षेत्रको विकासका लागि एकजुट हुनैपर्ने बताए । उनले भने, ‘व्यवसायीका गुनासा धेरै छन् । अलगअलग रुपमा अघि बढे सम्बोधन हुन ग्राहो हुन्छ । त्यसैले एकढिक्का हुनुपर्छ । प्रत्येक मुद्दामा एकजुट हुन आवश्यक छ । ’पर्यटन क्षेत्रको विकासका लागि रात्रीकालीन बजार सुरु गर्नुपर्ने उनको भनाइ छ । भारु २५ हजार रुपैयाँ भन्दा बढी लिएर नेपाल नआउन पाउने नियम अव्यवहारिक भएको ज्ञवालीले बताए । 

    होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन, रुपन्देहीका अध्यक्ष पिताम्बर न्यौपानेको अध्यक्षता, कार्यक्रम संयोजक तथा संगठनका उपाध्यक्ष लिलाधर भट्टराईको स्वागत, वरिष्ठ उपाध्यक्ष रामप्रसाद पोखरेलको धन्यवाद ज्ञापन तथा महासचिव राजेश महोत्राको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    IMG_4119.JPG

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij