२०८३, आषाढ ७ गते

Jun 21 2026 | २०८३, आषाढ ७ गते

अधिवक्ता भगवती पाण्डे ‘शीतल’ गिरफ्तार

बुधवार , श्रावण १७, २०८०

  • 2.1K
    Shares
  • 2.1K
    Shares
  • काठमाडौं, १९ साउन । कानुन व्यवसायी भगवती पाण्डे ‘शीतल’ पक्राउ परेकी छन्।

    जिल्ला प्रहरी परिसर काठमाडौंले उनलाई जातीय भेदभाव तथा छुवाछुत गर्न नहुने कसुरमा अनुसन्धानका लागि  पक्राउ गरेको परिसरका प्रहरी नायव उपरीक्षक (डीएसपी) अनिल अधिकारीले जानकारी दिए। शुक्रबार जिल्ला अदालत काठमाडौंले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो।

    उनको पक्राउ नपरेपछि बुधबार नै तामाङ र मगर  संघका केही प्रतिनिधिले प्रहरी कार्यालय घेराउ र ढुङ्गामुढा गरेका थिए।

    टेलिभिजन अन्तर्वार्तामा अधिवक्ता पाण्डेले मुस्लिम, मगर र तामाङ समुदायमा दाजु बहिनिबीच विवाह हुने र त्यस्तो विवाह विज्ञानको हिसाबले ठिक नभएको अभिव्यक्ति दिएकी थिइन्।

    उनीविरुद्ध नेपाल तामाङ घेदुङको तर्फबाट कुमारसिंह घिसिङ र नेपाल मगर संघका ज्ञानेन्द्र पुन मगरले जाहेरी दिएका थिए।