२०८२, श्रावण १२ गते

Jul 28 2025 | २०८२, श्रावण १२ गते

वातावरण संरक्षणका लागि विद्युत् प्राधिकरणको प्रादेशिक कार्यालयमा वृक्षारोपण

बुधवार , श्रावण १७, २०८०

रुपन्देही, १७ साउन ।
नेपाल विद्युत् प्राधिकरण प्रादेशिक कार्यालय बुटवलले कार्यालय परिसद् र कार्यालयमातहतमा रहेको जग्गामा वृक्षारोपण गरेको छ । प्राधिकरणको ३८ औं वार्षिकोत्सवका अवसर पारेर लुम्बिनी प्रादेशिक कार्यालय बुटवलले कार्यालय परिसरमा फलफूल र जडीबुटी प्रजातिका आँप, अमला, बेल, अम्बा, लिची, तेजपात, सितलचिनी, हर्रो, बर्रो, कटहर र विभिन्न मौसमी फूलहरु गरी १५० भन्दा बढी विरुवा रोपिएको विद्युत् प्राधिकरण लुम्बिनी प्रादेशिक कार्यालय बुटवलका प्रमुख नवराज वझाले बताए ।

प्राधिकरणले विरुवा रोपेर रचनात्मक कार्यको थालनी गरेको बताउँदै प्राधिकरणलाई विद्युत् सेवा वितरणका क्रममा रुख काट्ने मात्रै नभइ रोप्ने कार्य गरिरहेको सन्देश दिन देशभर विरुवा रोपिएकोे वझाले बताए ।प्राधिकरणले लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा रहेका सबै जिल्ला वितरण केन्द्र र महशुल काउण्टरमा प्राधिकरणका कर्मचारीमार्फत हजारौं विरुवा रोपेको उनले जानकारी दिए ।

वातावरण संरक्षण गर्ने दायित्व सबैको भएकाले सम्पूर्ण सरकारी कार्यालयहरुलाई पनि वातावरण संरक्षण गर्ने सन्देश दिन जडिबुटी र फलफूलका विरुवा रोपिएको नेपाल विद्युत् प्राधिकरण प्रादेशिक कार्यालय बुटवलका प्रशासन प्रमुख रामप्रसाद पोखरेलले बताए । आगामी दिनमा समेत यसलाई निरन्तरता दिइने पोखरेलले जानकारी दिए । 

३८ औं वार्षिकोत्सवको अवसरमा विद्युत् प्राधिकरण लुम्बिनी प्रादेशिक कार्यालय बुटवलले प्रदेशस्तरीय खुला महिला तथा पुरुष ब्याडमिन्टन प्रतियोगिता सम्पन्न गरेको छ ।  प्रतियोगितामा पुरुषतर्पm नविन केसी र सिव सुनवार प्रथम, विनोद शर्मा र मोहन थापा द्वितीय भएका छन् । 

त्यस्तै महिलातर्फ ममता अर्याल प्रथम तुल्सा बुढा द्वितीय भएका छन् । यसै गरी केन्द्रीय प्रतियोगितामा प्रतिष्पर्धाका लागि लागि मनोज भण्डारी र धावन हिस्कि छनोट भएको खेल संयोजक नविन केसीले जानकारी दिए ।