
मंगलवार , श्रावण १६, २०८०
भैरहवा, १६ साउन ।
वातावरण संरक्षण गर्ने उद्देश्यले लायन्स क्लब अफ भैरहवा ग्रीन सिटीले वृक्षारोपण तथा सरसफाई कार्यक्रम गरेको छ । सोही अभियान अन्तर्गत क्लबले बेलहिया–बुटवल ६ लेन सडकखण्डअन्तर्गत सोमबार ओमसतिया गाउँपालिका–२ स्थित राष्ट्रिय गहुँबाली अनुसन्धान कार्यक्रम (कृषि फार्म) देखि अञ्चलपुरसम्म वृक्षारोपण गरेको कार्यक्रम संयोजक गोकुल पोखरेलले बताए ।
रोपिएको विरुवाको संरक्षण गर्ने र वृक्षारोपण गरिएको क्षेत्रलाई पार्कको रुपमा अगाडि बढाउने लक्ष्य लिइएको लायन्स क्लब अफ भैरहवा ग्रीन सिटी वर्ष २०२३/०२४ का अध्यक्ष मनोज क्षेत्रीले बताए ।
कार्यक्रममा बोल्दै लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ (पी) का ग्याट टीम मेम्बर ओम कुमार श्रेष्ठले स्थापनाकालको छोटो समयमै लायन्स भैरहवा ग्रीन सिटीले उत्कृष्ट कार्य गरेको बताए । उनले यो क्लबले लायन्सको पाँचवटा विधामा रहेर काम गरेको बताए । उनले भने, ‘क्लबले वृक्षारोपणसँगै संरक्षणमा ध्यान दिएको छ । यो सराहनीय छ ।’
त्यस्तै लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ (पी) अन्तर्गत एरिया–५ का एरिया चिफ सतिश कुमार कौसल (दीपक), लायन्स भैरहवा ग्रीन सिटीका निवर्तमान अध्यक्ष श्री रायमाझी, पूर्वअध्यक्ष गोविन्द प्रसाद गिरीलगायतले बोल्दै वातावरण संरक्षणका लागि वृक्षारोपण उपयुक्त कार्यक्रम भएको बताए ।
लायन्स क्लब अफ भैरहवा ग्रीन सिटीका अध्यक्ष मनोज क्षेत्रीको अध्यक्षता, लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ (पी) का ग्याट टीम मेम्बर ओम कुमार श्रेष्ठको प्रमुख आतिथ्यता, लायन्स भैरहवा ग्रीन सिटीका प्रथम उपाध्यक्ष भिम बहादुर थापाको स्वागत तथा क्लबका सचिव संजय कुमार गुप्ताको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij