images

शनिवार, बैशाख २२ गते २०८१

जनताको आस्था, विश्वास बोक्दै गरेको नेपालको वर्तमान राजनीतिक धार र यसका चुनौतीहरु

जनताको आस्था, विश्वास बोक्दै गरेको नेपालको वर्तमान राजनीतिक धार र यसका चुनौतीहरु

images
images
images
मंगलवार, श्रावण १६ २०८०
मंगलवार, श्रावण १६ २०८०
  • जनताको आस्था, विश्वास बोक्दै गरेको नेपालको वर्तमान राजनीतिक धार र यसका चुनौतीहरु

    धार का अनेको अर्थहरु छन् धार भनेको कुनैपङ्क्ति, पक्ष, सिद्धान्त वा वाद हो अथवा लिने, थाम्ने वा बोक्ने प्रसङ्ग्रमा पनि लिन सकिन्छ।

    images
    images
    images

    नेपालको राजनीतिसंग यो धारलाई जोडेर हेर्दा महेन्द्र पथ, बी. पी. पथ र पुष्पलाल पथ अथवा पंचायत पथ, समाजवादी पथ र साम्यवादी पथ भनेर बूझे पनि फरक पर्दैन । साम्यवादी पथ चीरा चीरा पर्ने जोडिने अस्थाउने गरिरहेको सजीव चित्रण  हामीसंग ताजै छ । यो पथ आफ्नै आन्तरिक दाउँपेंच मिलाउन माओ, लेनीन र माक्र्स भित्र जनता कार्यकर्ता अलमलाउने काममा क्रियासील छ । वी.पीपथ वी.पीलाई छोडेर अगाडि बढीरहेको छ । यस भित्र पुरातनवादी र सुधारवादी वीच रस्साकस्सी चलीरहेको छ । महेन्दपथ पुरानै बाटोलाई संरक्षण गर्दै केही नयाँ आयाम थप्न अगाडि बढी रहेको छ। महेन्द्र पथले ३० वर्ष राजा सहितशासन गरेको हो। बी.पीपथ र पुष्पलालपथ (अनेक रुपमा विभाजित)ले यो वा त्यो रुपमा शासन गर्न थालेको ३४ वर्ष नाघी सकेको छ । यसैगरी मधेस तर्फ हेर्ने हो भने तत्कालिन अवस्थामा मधेशमा निर्णयात्मक प्रभाव पार्ने जमीनदारहरु सत्तासंग जोडिन पुगे त्यसको वर्चस्व अहिले सम्म पनि कायमै छ । गजेन्द्र नारायण (सद्भावना पार्टि) धारबाट अनेकौ धारहरु राजनीतिमा देखिएका छन् । यसै परिप्रेक्षमा मधेस आन्दोलनले मधेसको अधिकारका लागि बलीदान दिन पुुग्यो । अहिले सम्मपनि  नेपालको शान्ति र स्थिरता मधेससँग गाँसेर हेर्ने गरिएको छ ।
     यसरी यी तीनवटै पथहरु र मधेस राजनीतिका चलायमान राजनीतिक यात्राहरुले विश्वमानचित्रको तुलनामा नेपालमा जनकेन्द्रित आर्थिक विकास गर्न नसकेको तथ्य जगजाहेर छ । यी सबै धारहरुबाट सत्तामा पुगेर गरेका कामहरुलाई विस्व मानचित्रमा राखेर विश्लेषण गर्दा सन्तुष्ठी हुने ठाउँ नगन्य छ ।

    नेपाली जनताको यो असन्तुष्टीलाई केन्द्रविन्दु बनाएर नयाँदलहरु उदाएका छन् । स्वतन्त्र ब्यक्तिहरु राजनीतिमा प्रवेश गरेर योग्यता र क्षमताको प्रस्तुत गरिरहेका छन् । जसलाई नेपाली नागरिकहरुले सकारात्मक रुपमा लिईरहेका छन् । नयाँ उदाएका दलहरुका पछाडि वी. पी, पुष्पलाल,महेन्द्र, माओ, लेनीन कोही पनि छैनन् । यिनीहरुको पछाडि समाजवाद र साम्यवादका कस्मेटिक फूर्काहरु पनि देखिदैनन् । यी पथहरुको ६४ वर्षको इतिहासमा पाखा परिएका, देश र जनताको को लागि भलो चिताउने विकास प्रेमी, सुशान चाहने  केही गरौ र केही हुनुपर्छ भन्नें हुटहुटी बोकेका युवा र पाकाहरु छन् । यसैगरी बालेन र हर्क जस्ता स्वतन्त्र ब्यक्तिहरु पनि राजनीतिमा छन् । उनीहरुले दाम र मामको पर्वाह नगरी काम गरेर जनताको मन जीत्न सकिन्छ भन्ने सन्देश प्रक्षेपण गरिरहेका छन् । अहिले जनताहरु दल हेरिरहेका छैनन दल भित्रका राम्रा स्वतन्त्र अभिमत ब्यक्त गर्ने सादगी  र काम गरेर देखाउन सक्ने  मान्छेहरुको पक्षमा  छन् ।  रवी लामीछाने र सि .के राउत संलग्नदलहरु, जनताका अवस्था परिवर्तका लागि उभिएको कुरा गरिरहेका छन् । नयाँदलहरु भित्र  स्वर्णीम वाग्ल,े मनीषमmा, तोसिमा कार्की लगायत धेरै आशलाग्दा अनुहारहरु देखिएका छन् । राप्रपाका  ज्ञानेन्द्र शाहीहरुलाई जनताले मनपराई रहेका छन् । गगन थापा, विस्वप्रकाश, प्रदीप तीरको मन पनि अझैसम्म भाँचेका छैनन् । चन्द्रभण्डारी प्रतिको आस्था र आशा बढ्दै गएको छ । गोकर्ण विष्ट, भीम रावल योगेस हरुलाई पनि संझने गर्छन् । आजकाल सुजन किराँतीको नाम पनि आउने गरेको छ । राजेन्द्र लिङ्देन र रबिन्द्र मिश्रालाई वाच गरिरहेका छन् । नाम नै उल्लेख गर्नुपर्ने मान्छे अरु पनि धेरै छन् तर कस्ता प्रबृत्तिसंग को गाँसिने हो आफैले मनन् गर्ने छुट सबैलाई छ ।

    विगतलाई गाली गरेको, नपत्याउने कुरा र भाषण गरेको तडक भडक गरेको र आफुलाई मालिक सम्झनेहरुप्रति जनताको एक रत्ती पनि विस्वास छैन । पर्खाल लगाएर राजनीति गर्नेहरुका दिनहरु खुस्कीदै छन् । सबैकुरामा पारदर्शिता अहिलेको आवश्यकता हो । जवाफदेहिता र अर्थपूर्ण सहभागीता अपरिहार्य विषय हो ।

    प्रत्यक्ष रुपमा जनतासंग जोडिएका कृषि, स्वास्थ्य, शिक्षा, रोजगारी, सुरक्षा खानेपानी, शुलभ यातायात अहिलेका छलफल योग्य विषय हुन् । यीनै एजेण्डाहरु भित्र केन्द्रित भएर योजनावद्धरुपमा काम भएको जनताहरु हेर्न चाहन्छन् त्यसको प्रतिफल अनुभुत गर्न चाहन्छन् । अरुसंग भएका क्षमता, सीप र विवेकहरुलाई सम्मानजनक रुपमा प्रयोग गरेको देख्न चाहन्छन् । अब पुरानै गाडीमा चढेर नयाँ सुन्दर परिकल्पनाका सपना देखाउने जुग सकिदै छ । अब ब्यक्तिको इसारामा चल्ने होईन प्रणालीको आधारमा सबैकुरा चल्नु पर्दछ । यसकालागी नयाँ परिपक्क कानुनहरु कोर्न सक्ने सांसदहरु, इमान भएका योजनाविद् र अर्थशास्त्री, इन्जीनियरहरु, कायक्रम लागु गर्न सक्ने आँट भएका ब्यक्तिहरु, कार्यान्वयन गर्न सक्ने स्वच्छ कर्मचारीहरु अहिलेको आवश्यकता बनेको छ । यही आवश्यकतालाई पुरा गर्र्न सक्ने नेताहरुको खोज आगामी निर्वाचन २०८४ मा मतदाताहरुले गर्ने छन् ।

    अहिलेको अवस्थामा मण्डेला, लिङ्कन, केनेडी गान्धी सम्झेर  भिजिनरी नेता खोज्नु भन्दा नागरिकको अवस्था परिवर्तन गर्ने एजेण्डा बोकेका सक्षम युवा नेता नागरिकहरुले खोजी रहेका छन् । अर्कोतर्फ हामीले चाहे जस्तो  चमत्कारीक नेतृत्वको खोजलाई पनि नकार्न मिल्दैन ।  उमेर, बल, जोश र उर्जा मात्रले नेतृत्व गर्न सक्दैन  युवामा सृजनाात्मक विचार  हुनु पर्दछ । अध्ययनशील, तार्किक नैतिक धैर्यवान, कर्तब्यनिष्ठ आचरण हुनुपर्दछ । नागरिकहरु भित्र रहेका संभावनाका सपनाहरु पुरा गर्न संघयिता लगायत राजनीतिक प्रक्रियाहरुमा समय सापेक्ष परिमार्जन परिवर्तन गर्ने तागत हुनुपर्छ । राजनीतिक अस्थिरताले अस्तव्यस्त पैदा गर्ने तत्वहरुलाई  सामना गर्नसक्ने बुिद्ध र विवेकले नेता सुसज्जित हुनुपर्दछ । नागरिक जीवनसंग जोडिएका समस्याका समाधानहरु योजनामा राखेर कार्यान्वयनमा ल्याउनु पर्दछ ।  शक्तिकालागि जे पनि गर्ने दलका नेताहरुलाई जनताले चिनी सकेका छन् । विचारको राजनीति स्खलन गरेका, साँठगाँठ, तालमेल, गठवन्धनको राजनीति अगाडि मौलाउने काम गरेका हरेक नेता र नेतृत्वलाई नेपाली मतदाताले बुझेर बसेका छन्  । प्रतिपक्ष र सत्तापक्षवीच फरक देखिन नसक्ने नेतृत्व र दललाई झापड लगाउने दिन कुरीरहेका  छन् । अब कर्पोरेट राजनीतिका पक्षधरहरु र यसका सत्ता  संचालकहरुलाई कर्मबाट विस्थापति गर्ने योजना बोकेका नेता तथा दलको पक्षमा उभिने दरिलो तैयारीमा जनताहरु जुटन थालेका छन् ।  दमन र प्रभावबाट कमजोर भएकाहरुको युग आउन जनताको पक्षमा राजनीति आउनु पर्दछ  भन्ने आम चाहना पुरा गर्ने दायित्व नयाँ दल र नेताले लिने छन् भन्ने विस्वास लिएका छन् ।

    यो जनविश्वास हेर्दा सरल रेखामा देखिए पनि हाम्रो विकास पद्धतिमा  देखिएका चुनौतीहरु यी जनविश्वासहरुसँगै कसरी लैजान सकिएला यो प्रश्नलाई  सहज बनाउन विस्वास योग्य जवाफ तैयार भईसकेको देखिदैन । एक लिटर दूधसंग एक कप चीया साटेर खाने अर्थतन्त्रमा पानीको फोका जस्तो जवाफ आउनु भएन।

    यी सवै कुराहरुलाई ब्यवस्थापन गर्न धेरै चुनौतीहरु छन् । संवैधानिक चुनौती पनि उस्तै छ । कतिपय कुराहरुमा (निर्वाचन प्रणाली, प्रदेश ब्यवस्थापन, संसदको आकार संख्या, बैदेशिक सम्झौताहरु.....)  संविधान संशोधन गर्नु पर्ने अवस्था छ । यसको लागि संसदमा दुई तिहाई बहुमत मत पु¥याउनु पर्दछ।

    दशकौ देखि राजनीतिमा जरो गाडेर बसेका राजनीतिक दलहरुको संगठन, भोट बैँक, एकैचोटी खाली गर्न सकिने अवस्थामा छैन। यी पुराना खेलाडीहरुसंग प्रतिस्पर्धा गर्नको लागि जरै देखिको साङ्गठनिक आधार र यसप्रतिको अटल विस्वास आर्जन गर्नु पर्ने हुन्छ । यस्ता सङ्गठन निर्माणका आधारहरु, दिगो कार्यशैली निर्धारण र कार्यान्वयन गरेर जनता समक्ष पु¥यादै जनविस्वास आर्जन गर्ने चुनौती पनि छ ।

    जनतामा तीब्र महत्वाकाङ्क्षा छ । आजको भोली परिवर्तन(रोजगारी, ब्यवस्थित यातायात, शिक्षा, स्वास्थ्य लगायत...) हेर्न चाहन्छन् । यस्ता विषयहरुको बारेमा जनतालाई सचेत बनाउन वास्तविक विकासको गतिलाई सहि अर्थमा बुझाउन पनि चुनौती छ ।

    यसैगरी अबको मधेसको चुनौती भनेको समृद्धि र संभावना भित्र छ । अभाव पीडाको वकालतबाट अगाडि आएको राजनीतिकदलले बाँडेका आशाका पुलीन्दाहरु समग्र राजनीतिमा चुनौतीका विषय हुन् । पाँचवर्षे कार्यकालमा मधेसलाई समृिद्ध तर्फ लैजाने बाचाहरु मधेसका नयाँ दल र अनुहारका लागि झनै चुनातीपूर्ण छन् ।

    नारा र एजेण्डाले तात्तिएको, मात्तिएको, आत्तिएको घडीमा, न्याय, पारदर्शिता, जवाफदेहिता निरिह भएको बेलामा, हिंसा र अपराधले पराश्रय पाई रहेको बेलामा पार्टिवादले मात्र आश्रय पाएको क्षणमा आमनिर्वाचनको परिणामले ल्याएको राजनीतिक पराकम्पबाट उदाएका नयाँदलहरु, अनुहारहरु र शक्तिहरुले तरंग पैदा गररिहेका छन् । यसले समग्र देशको उन्नती प्रगति वा समृिद्धमा चुनौतीहरुसँगै संभावनाका ढोकाहरु खोलीदिएको छ ।  यो अवस्थालाई यी नयाँ दलतथा अनुहारहरुले कसरी ब्यवस्थापन गर्छन यसको नतिजा हेर्न अगामी आम निर्वाचन २०८४ सम्म कुर्नु पर्ने छ ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij