
सोमवार , श्रावण १५, २०८०
रुपन्देही, १५ साउन ।
रोट्रयाक्ट क्लब अफ तिलोत्तमा रुपन्देहीको अध्यक्षमा सरोज पोखरेल निर्वाचित भएका छन् । आठौं पदस्थापन कार्यक्रममा वर्ष २०२२–०२३ का अध्यक्ष माधव पराजुलीले वर्ष २०२३–०२४ का अध्यक्ष सरोज पोखरेललाई पद हस्तान्तरण गरेका हुन् ।
अध्यक्ष पोखरेललाई क्लबका संस्थापक अध्यक्ष मोहन न्यौपाने, वर्ष २०२२–०२३ का अध्यक्ष माधव पराजुली, पूर्वअध्यक्ष एवं इलेक्ट डीआरआर विक्रम क्षेत्री, पूर्वअध्यक्षहरु नविन थापा, रेशम खड्का, सुवास केसी, नविन अर्याललगायतले कोलार लगाएर क्लबको चार्टर सर्टिफिकेट तथा गन ग्याबल हस्तान्तरण गरे ।
कार्यक्रममा आईपीपी डीआरआर लक्ष्मण खरेलले पोखरेललाई र अध्यक्ष पोखरेलले रोट्रयाक्टका बोर्ड पदाधिकारीलाई सपथ ग्रहण गराए ।
कार्यक्रम वर्ष २०२२–०२३ का अध्यक्ष माधव पराजुली र वर्ष २०२३–०२४ का अध्यक्ष सरोज पोखरेलको संयुक्त अध्यक्षता, प्रतिनिधिसभा सदस्य एवं नेपाली कांग्रेसका युवा नेता प्रदिप पौडेलको प्रमुख आतिथ्यता, आइपीडीआरआर लक्ष्मण खरेलको विशिष्ट आतिथ्यता, फस्ट लेडी कविता नेपाल, क्लबका पूर्वअध्यक्षहरु, रोटरी क्लबका अध्यक्ष एवं पूर्वअध्यक्षहरु, डिष्ट्रिक्टका पदाधिकारीलगायतको आतिथ्यतामा भएको हो ।
कार्यक्रमको उद्घाटन गर्दै प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदिप पौडेलले समृद्ध समाज निर्माणका लागि विभिन्न सामाजिक संघ–संस्थाको भूमिका महत्वपूर्ण हुने बताए ।
कार्यक्रममा वर्ष २०२२–०२३ का अध्यक्ष माधव पराजुलीले वर्षभरी गरेका कार्यप्रगति एवं साामजिक कामबारे जानकारी गराउँदै क्लबलाई सहयोग गर्ने सम्पूर्णप्रति धन्यवाद व्यक्त गरे ।
सो अवसरमा बुटवल कालिका क्याम्पसको बीबीएसमा अध्ययनरत जेहेन्दार दुई जन छात्रालाई मासिक भर लाग्ने शुल्क उक्त कार्यक्रममार्फत विद्यार्थी एवं क्याम्पसलाई चेक प्रदान गरिएको छ ।
अध्यक्षमा निर्वाचित सरोज पोखरेलले क्लवको छविलाई उचाइमा पुर्याउने प्रतिवद्धता व्यक्त गरे । उनले सबैको साथ, सहयोग र सहकार्यबाट मात्र थप नयाँ योजनासहित अघि बढ्ने बताए ।
सो अवसरमा आइपीपी डीआरआर लक्ष्मण खरेल, इलेक्ट डीआरआर विक्रम क्षेत्री, रोटरी क्लब अफ तिलोत्तमा रुपन्देहीका आइपीपी विष्णु भण्डारी, रोट्रयाक्ट क्लब अफ तिलोत्तमा रुपन्देहीका संस्थापक अध्यक्ष मोहन न्यौपाने, रोटरी डिष्ट्रिक्ट कन्फ्रेन्स कमिटी चेयर एजाज आलम, चेम्बर अफ कर्मस लुम्बिनी प्रदेशका अध्यक्ष टंक प्रसाद पोखरेल र रोटरी डिष्ट्रिक्ट रोटरी डे सेलेब्रेसन चेयर राजेन्द्र ढकाललगायतले बोलेका थिए ।
कार्यक्रम वर्ष २०२२–०२३ का सचिव सिए मोहन खत्री र २०२३–०२४ सचिव श्री केसीको संयुक्त सञ्चालनमा सम्पन्न भएको हो ।
भाइस प्रेसिडेण्टद्वय अर्जुन खड्काको स्वागत तथा सन्तोष कंडेलको धन्यवाद ज्ञापनमा भएको उक्त कार्यक्रममा २०२२–०२३ मा रोट्रयाक्ट अफ द मन्थ, उत्कृष्ट कार्यक्रम संयोजक, बेस्ट रोट्रयाक्टर अफ द यर लगायतका विद्यामा अवार्डसमेत प्रदान गरिएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij