२०८२, श्रावण १२ गते

Jul 28 2025 | २०८२, श्रावण १२ गते

नेपाल चीन मैत्री समाज लुम्बिनीद्वारा वृक्षारोपण

सोमवार , श्रावण १५, २०८०

भैरहवा, १५ साउन । 
नेपाल चीन दौत्य सम्बन्ध स्थापनाको ६८ औं वर्षगांठको अवसरमा नेपाल चीन मैत्री समाज लुम्बिनीले भैरहवामा वृक्षारोपण गरेको छ । समाजले सोमबार भैरहवा बहुमुखी क्याम्पस परिसरमा धुपी, गोलमोहर, जरुल, बिरेन्द्र फूल, अमला, कल्की, कपुरलगायत जातका विरुवा रोपेको हो । 

सो अवसरमा लुम्बिनीस्थित चिनिया मन्दिरका गुरु हु बेनले विश्व शान्तिको पवित्र भूमि लुम्बिनीमा शान्ति कामना गर्न अत्यन्तै खुसी लागेको बताए । उनले चीनले विश्वमा शान्ति चाहेको भन्दै नेपालमा पनि शान्ति कायम होस् भन्ने कामना गरे । 

नेपाल चीन मैत्री समाजका अध्यक्ष नारायणप्रसाद सापकोटाले चीनसँग नेपालको सम्बन्ध जनस्तरमा थप विस्तार गर्न आफ्नो संस्थाले चीनका महत्वपूर्ण अवसरमा विभिन्न रचनात्मक कार्यक्रमहरु गर्दै आएको र लुम्बिनीको पर्यटन प्रवद्र्धनमा भूमिका खेलेको बताए । 

कार्यक्रममा भैरहवा बहुमुखी क्याम्पसका प्रमुख अनिल कुमार झा, लुम्बिनी बौद्ध विश्वविद्यालयका अनुसन्धान निर्देशक डा. गीतु गिरी, सिद्धार्थ साहित्य परिषदका अध्यक्ष डिल्लीराज भट्टराई, नेपाल चीन मैत्री समाजका महासचिव मनिष कुमार जोशी, प्राध्यापक इन्द्रबहादुर थापालगायतले वातावरण संरक्षणमा वृक्षारोपणको महत्वबारे चर्चा गरेका थिए ।