
सोमवार , श्रावण १५, २०८०
भैरहवा, १५ साउन ।
लायन्स क्लब अफ सिद्धार्थनगर नोबल लेडीजले वृक्षारोपण गरेको छ । क्लबले शनिबार एक कार्यक्रमकाबीच रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१० स्थित श्री सुर्यदेव माध्यमिक विद्यालयमा वृक्षारोपण गरेको वर्ष २०२३/०२४ की अध्यक्ष लक्ष्मी अधिकारीले बताइन् । कार्यक्रममा ५० वटा विरुवा रोपिएको अध्यक्ष अधिकारीले जानकारी दिइन् ।
कार्यक्रमको उद्घाटन गर्दै लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ (पी) का सेकेण्ड भाइस डिष्ट्रिक गभर्नर बालाराम भट्टराईले वृक्षारोपणले वातावरण संरक्षणमा मद्दत पुर्याउने बताए ।
कार्यक्रममा सुर्यदेव माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिद्वार जयसवाल, लायन्सका डिष्ट्रिक ग्याट मेम्बर महेशचन्द थापा, विद्यालयका प्रधानाध्यापक दुर्गा पाण्डे, विद्यालय व्यवस्थापन समितिका सदस्य राजेश हरिजनलगायतले बोलेका थिए ।
लायन्स क्लब अफ सिद्धार्थनगर नोबल लेडीजकी अध्यक्ष लक्ष्मी अधिकारीको अध्यक्षता, लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ (पी) का सेकेण्ड भाइस डिष्ट्रिक गभर्नर बालाराम भट्टराईको प्रमुख आतिथ्यता, कार्यक्रम संयोजक मञ्जु थापाको स्वागत तथा सचिव पवि खनालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij