
सोमवार , श्रावण १५, २०८०
भैरहवा, १५ साउन ।
लियो क्लब अफ सिद्धार्थनगर प्रोग्रेसिभले सिद्धार्थनगर नगरपालिका–३ स्थित दरखसवा पार्कमा शनिबार वृक्षारोपण कार्यक्रम गरेको छ । वातावरण हराभरा बनाउन र पार्कको सुन्दरीकरणमा थप मद्दत पुगोस् भन्ने उद्देश्यले वृक्षारोपण गरिएको क्लबका वर्ष २०२३/०२४ का अध्यक्ष विवेक भण्डारीले बताए ।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ (पी) का सेक्रेटरी विनोद खरेलले लियो क्लब अफ प्रोग्रेसिभ सिद्धार्थनगरले रचनात्मक कार्य गरेको बताए । उनले आगामी दिनमा पनि यस्ता कार्यहरुलाई निरन्तरता दिन आग्रह गरे ।
कार्यक्रममा लायन्स क्लब अफ सिद्धार्थनगर प्रोग्रेसिभका अध्यक्ष मिलन विश्वकर्मा, लियो सिद्धार्थनगर प्रोग्रेसिभका वरिष्ठ सल्लाहकार एवं पूर्व वडा सदस्य सरोज ठकुरी, क्लबका सल्लाहकार सुनिल सेन्चुरीलगायतले बोलेका थिए ।
कार्यक्रममा ५० वटा विरुवा रोपिएको लियो सिद्धार्थनगर प्रोग्रेसिभका सचिव मिलन पौडेलले जानकारी दिए । कार्यक्रम संयोजक सुजल उपाध्यायको स्वागत तथा क्लबका सचिव मिलन पौडेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij