२०८२, श्रावण १० गते

Jul 26 2025 | २०८२, श्रावण १० गते

जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा निःशुल्क स्वास्थ्य शिविर

आइतवार , श्रावण १४, २०८०

भैरहवा, १४ साउन । 
जिल्ला प्रहरी कार्यालय, रुपन्देहीमा कार्यरत प्रहरीको स्वास्थ्य जाँच गरिएको छ । २४ सै घण्टा ड्युटीमा खटिने प्रहरी कर्मचारीहरु स्वस्थ भए मात्र आम नागरिकको सुरक्षामा प्रभावकारी भूमिका रहने भएकोले नियमित चेकजाँचको लागि कार्यालय परिसरमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरी स्वास्थ्य परीक्षण गरिएको हो । 

समुदाय प्रहरी साझेदारी अभियान अन्तर्गत जिल्ला प्रहरी कार्यालय रुपन्देहीको आयोजना र युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालको प्राविधिक सहयोगमा निःशुल्क स्वास्थ्य शिविर भएको हो ।

कुनै पनि रोगहरुलाई शुरुमै पहिचान गरी उपचार गर्न सकेमा धेरै जसो रोगहरुबाट बच्न सकिने हुँदा समय समयमा स्वास्थ्य परीक्षण गराउने गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख भरत बहादुर विकले बताए । शिविरमा जिल्लामा कार्यरत र नजिकका प्रहरी युनिटबाट प्रहरी कर्मचारी तथा प्रहरीले स्वास्थ्य सेवा लिएको एसपी विकले बताए । 

शिविरमा निःशुल्क रगत परिक्षण, जनरल फिजिसियन सेवा, हाड जोर्नी तथा नसा रोग विशेषज्ञ, नाक, कान घाटी रोग विशेषज्ञसहितको रोगसम्बन्धी परीक्षण गरिएको थियो । 

364141826_579301554279535_2283334789540454825_n.jpg

सधै तनावमा खटिने प्रहरीले आफू पनि स्वास्थ्य हुनुपर्छ भन्ने मान्यताका साथ कार्यालयमै स्वास्थ्य परिक्षण आयोजना गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी श्यामु अर्यालले बताए ।

‘यो नियमित परिक्षण जस्तै हो रोग लाग्नु भन्दा रोगको पहिचान गरी समयमै समस्या समाधानका लागि सहयोग होस भन्ने हेतुले प्रत्येक २–३ महिनामा हामीले स्वास्थय शिविरहरु आयोजना गरी प्रहरीको स्वास्थ्य परिक्षण गराउदै आएका छौ’, उनले भने ।

शिविरबाट सेवा लिएका एक प्रहरीले कर्मचारीहरुलाई कार्यालयभित्र सेवा लिदा अस्पताल गएर व्यस्त समय खर्चिनु र लाइन लाग्न नपरेको बताए । आफूमा भएको समस्या वा स्वास्थ्य छु भन्ने ढुक्क हुनका स्वास्थ्य परीक्षण गर्ने अवसर पाएकोमा उनीहरुले खुसी व्यक्त गरे, कार्यालयको आयोजनामा यस्ता कार्यक्रमहरु नियमित हुने गरेकोले मनोवल उच्च रहने बताए ।