
आइतवार , श्रावण १४, २०८०
रुपन्देही, १४ साउन ।
नयाँ सदस्यता वितरणप्रति असहमति जनाउंँदै प्रेस चौतारी नेपाल, रुपन्देहीले नेपाल पत्रकार महासंघ, रुपन्देही शाखाको कार्यालयमा ताला लगाएको छ । पत्रकार महासंघ, रुपन्देहीले नयाँ सदस्यको सम्बन्धमा गरेको निर्णयमा असहमति जनाउँदै चौतारीले आइतबार महासंघको कार्यालयमा तालाबन्दी गरेको हो । महासंघको साउन ६ गते बसेको बैठकले ३२ जनालाई नयाँ सदस्यता दिने निर्णय गरेको थियो ।
त्यसमाथि चौतारी लगायत संस्थाहरुले उजुरी दिँदा पनि महासंघ समस्या समाधानमा उदासिन भएकाले तालाबन्दी गर्नुपरेको प्रेस चौतारी रुपन्देहीका अध्यक्ष लक्ष्मण पौडेलले बताए । संगठनले उठाएका जायज मागहरु सम्बोधन नभएसम्म तालाबन्दी गरिने अध्यक्ष पौडेलले बताए । साथै यसबाट उत्पन्न परिस्थितिको जिम्मेवार स्वयं पत्रकार महासंघ नै हुने प्रेस चौतारीले चेतावनीसमेत दिएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij