२०८२, श्रावण १२ गते

Jul 28 2025 | २०८२, श्रावण १२ गते

सुन प्रकरण : भियना होटेल सञ्चालक पक्राउ

आइतवार , श्रावण १४, २०८०

काठमाडौं, १४ साउन । एक क्विन्टल सुन बरामद प्रकरणमा संलग्नताको आशंकामा ठमेलस्थित होटल भियनाका  सञ्चालक दावा छिरिङ पक्राउ परेका छन् । 

राजश्व अनुसन्धान विभागको टोलीले होटेलमा छापा मारेर उनलाई पक्राउ गरेको हो । बिहीबार बिहान छापा मारेको विभागको टोलीले केही सामग्री बरामद गर्दै छिरिङलाई नियन्त्रणमा लिएको हो । 

छिरिङ पक्राउ परेसँगै सुन प्रकरणमा पक्राउ पर्नेको संख्या १८ जना पुगेको छ । 

विभागको टोलीले होटलबाट एक जना नेपाल मुलका बेल्जियम नागरिक छिरिङको हङकङबाट सुन ल्याएर नेपालमा व्यवस्थापन गर्ने गिरोहसँग कनेक्सन पाइएपछि पक्राउ गरेको हो । 

अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार, पक्राउ परेका ती व्यक्तिको संलग्नता पुष्टि हुने आधारहरु देखिएपछि पक्राउ गरेर सोधपुछ भइरहेको छ ।