२०८२, पौष १६ गते

Dec 31 2025 | २०८२, पौष १६ गते

मुग्लिन–नारायणगढ सडकखण्ड पुन : अवरुद्ध

आइतवार , श्रावण १४, २०८०

  • 895
    Shares
  • 895
    Shares
  • चितवन, १४ साउन । चितवनको मुग्लिन–नारायणगढ सडकखण्ड पुनः अवरुद्ध भएको छ । 

    इच्छाकामना गाउँपालिका–६, कालीखोला पुलनजिकै सडकमाथिबाट पहिरो खसेपछि आइतबार बिहान करिब पौने १० बजेदेखि सडक अवरुद्ध भएको हो ।

    पानी परिरहेको र लेदो बगिरहेको बाटो पन्छाउन समस्या भइरहेको छ । 

    पानी पर्न र लेदो खस्न छाडेपछि बाटो पन्छाउनका लागि सडक डिभिजनको ‘मेसिन’ तयारी अवस्थामा राखिएको छ । शनिबार पनि सोही स्थानमा केही समय सडक अवरुद्ध भएको थियो ।