
शनिवार , श्रावण १३, २०८०
भैरहवा, १३ साउन ।
कुरियर सेवा संघ, रुपन्देहीको अध्यक्षमा सुरेन्द्र पाण्डे चयन भएका छन् । संघको शनिबार भएको भेलाले पाण्डेको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । पाण्डे चेम्बर अफ कमर्स (उद्योग व्यापार संगठन), रुपन्देहीका सचिवालय सदस्य समेत हुन् ।
संघको उपाध्यक्षमा रामकिसन प्रजापति, सचिवमा भिष्मराज कोइराला, सह-सचिवमा तुल्सा पाण्डे र कोषाध्यक्षमा केवि सिंह (कृष्ण बहादुर) रहेका छन् । त्यस्तै सदस्यहरुमा श्रीधर पोखरेल, हिरेश भण्डारी, दिपेन्द्र अर्याल, भेष बहादुर थापा, प्रकाश सेन, कृष्ण पाण्डे, युवराज अर्याल, अरुण घर्ती, संजय राना, शैलेश यादव, मनोज खड्का र ओमष थापा रहेका छन् । अध्यक्ष पाण्डेले संस्थाको उद्देश्यअनुसार काम अघि बढाउने बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij