images

मंगलवार, बैशाख २५ गते २०८१

भारु २५ हजारभन्दा बढी लिएर नेपाल आउन नपाउने नियम अव्यवहारिक : उद्योगी–व्यवसायी

भारु २५ हजारभन्दा बढी लिएर नेपाल आउन नपाउने नियम अव्यवहारिक : उद्योगी–व्यवसायी

images
images
images
सोमवार, श्रावण ८ २०८०
सोमवार, श्रावण ८ २०८०
  • भारु २५ हजारभन्दा बढी लिएर नेपाल आउन नपाउने नियम अव्यवहारिक : उद्योगी–व्यवसायी

    भैरहवा, ८ साउन । 
    उद्योगी–व्यवसायीले भारतीय पर्यटकले भारु २५ हजार रुपैयाँ भन्दा बढी लिएर नेपाल आउन नपाउने नियम अव्यवहारिक भएको भन्दै यसलाई सच्याउन माग गरेका छन् । 

    images
    images
    images

    सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीले सोमबार भैरहवामा आयोजना गरेको अर्थमन्त्री डा. प्रकाशशरण महतसँग भेटघाट तथा छलफल कार्यक्रममा उद्योगी–व्यवसायीले नेपाल आउने भारतीय पर्यटकले सीमा नाकामा विभिन्न सास्ती खेप्नुपरेको र भारु २५ हजार मात्र ल्याउन पाउने नियमका कारण समस्या भएको समाधान गर्न सरकार गम्भिर हुनुपर्ने माग गरेका हुन् ।

    कार्यक्रममा बोल्दै सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले अध्यक्ष श्रेष्ठले भारतीय पर्यटकले रु. २५ हजार भारुभन्दा बढी रकम लिएर नेपाल आउन नपाउने नियम अव्यवहारिक भएकोले रकमको सीमा बढाउनुपर्ने माग गरे ।

    उनले बैंक ब्याज नियन्त्रण गर्नुपर्ने, पुँजीगत खर्च बढाउनुपर्ने, भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरुपमा सञ्चालनमा ल्याउनुपर्ने, विद्युत आपूर्ति अनियमित भएकाले नियमित बनाउनुपर्ने, निर्माण व्यवसायीको रोकिएको भुक्तानी यथाशिघ्र दिनुपर्ने, बुटवल–नारायणगढ सडक निर्माणलाई छिटो सम्पन्न गर्नुपर्ने, फूल अडिटको समय अवधि बढाउनुपर्ने र जग्गा कित्ताकाटलाई सहज बनाउनुपर्ने माग गरे । अध्यक्ष ठाकुरले एकीकृत जाँच चौकी (आईसीपी) छिटो निर्माण गर्नुपर्नेसमेत अर्थमन्त्री डा. महतसँग माग गरे ।

    त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश अध्यक्ष कृष्ण प्रसाद शर्माले बैंकहरुले विभिन्न बहानामा उद्योगी–व्यवसायीलाई धरपकड गरेको गुनासो गरे । उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमा सञ्चालनमा नआउँदा अरबौंको लगानी जोखिममा परेको बताए ।

    अर्थमन्त्री डा. प्रकाशशरण महतले सीमापारीबाट १ सय रुपैयाँभन्दा बढीको सामग्री खरिदमा भन्सारले गरेको कडाइमा व्यवहारिक पक्ष हेरिने बताए । 

    ‘कसैलाई नियमको बारेमा थाहा नहोला र कोही पहिलोपटक सीमापारीबाट थोेरै साम्रगी खरिद गरेर आउनेहरुप्रति व्यवहारिक पक्ष हेरिनेछ’  उनले भने, ’तर, नियमविपरीतका अवैध कार्यमा (तस्करी) व्यवहारिक पक्ष हेर्ने कुरा हुँदैन, यसमा कडाई रहन्छ ।’

    समयमै ठेक्का नलाग्दा पूँजीगत खर्च हुन नसकेकोले अब विगतदेखि चलाइएको परिपाटीलाई परिवर्तन गरी कार्तिक महिनाभित्र ठेक्का लगाउनुपर्ने नियम लागू भएपछि पूँजीगत खर्चमा वृद्धि हुनेमा उनले विश्वास व्यक्त गरे ।

    रकम भुक्तानी हुन नसकेको विषयमा पनि उनले भने–‘हामी पहिला निर्णय गर्छौं, त्यसपछि सोच्ने मानसिकता छ, स्रोत सुनिश्चितता नगरी ठेक्का लगाउँदा पनि समस्या भएको हो ।’

    भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि पहल भइरहेको उनले बताए ।

     

     

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij