२०८२, श्रावण ६ गते

Jul 22 2025 | २०८२, श्रावण ६ गते

अर्घाखाँचीमा विद्यार्थीलाई चिसोका कारण चौरमा पढाइँदै

सोमवार , माघ ५, २०७७

अर्घाखाँची, ५ माघ ।
लामो लकडाउनपछि खुलेका अर्घाखाँचीका सम्पुर्ण विद्यालयहरूमध्ये केही सामुदायिक विद्यालयहरूले चौरमा पढाउन थालेका छन् । कक्षाकोठामा बस्दा चिसोले विद्यार्थीका हातखुट्टा कठ्यांग्रिन भएकाले विद्यार्थीहरु घाममा चौरमा पठनपाठन गर्न थालेका हुन ।

तीमध्ये जिल्लाको पाणिनी गाउँपालिकाको कमला माध्यमिक विद्यालयले सोही अनुसार पठनपाठन सञ्चालन गरेको विद्यालयका प्रधानाध्यापक गोविन्दराज पन्थीले जानकारी दिए । विद्यार्थीले पनि रमणीय वातावरणसंगै चौरमा पठनपाठन गर्दा निकै खुशी भएको सोही विद्यालयको कक्षा १० मा अध्ययनरत विद्यार्थी बिन्दु पौडेलको भनाइ छ ।