images

बुधवार, बैशाख २६ गते २०८१

विश्वकै अग्लो बुद्धमूर्ति बनाउने अवधारणाबारे छलफल 

विश्वकै अग्लो बुद्धमूर्ति बनाउने अवधारणाबारे छलफल 

images
images
images
मंगलवार, श्रावण २ २०८०
मंगलवार, श्रावण २ २०८०
  • विश्वकै अग्लो बुद्धमूर्ति बनाउने अवधारणाबारे छलफल 

    भैरहवा, २ साउन ।
    अन्तर्राष्ट्रिय बुद्धिष्ट सेन्टरको आयोजनामा काठमाण्डौमा भगवान गौतमबुद्धले २९ बर्वा विताएको कपिलवस्तु नगरपालिकामा संसारकै अग्लो बुद्धमूर्ति बनाउने अवधारणामाथि छलफल भएको छ । 

    images
    images
    images

    पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल अध्यक्ष रहेको सेन्टरले नयाँ बानेश्वरमा गरेको छलफलमा मलेसिया स्टेवर्ड छुँगले बुद्धमुर्ति पार्क संग्राहलयसहित तयार गुरुयोजनाको प्रारम्भिक अवधारणा प्रस्तुत गरेका थिए । 

    नेपालकोतर्फबाट जग्गा प्राप्तीको प्रक्रिया समयमा टुंगिएमा कपिलवस्तुको बाणगंगा नदी किनारमा आगामी ७ वर्षमा २४५ मिटर अग्लो बुद्धमूर्तिसहितको पार्क बन्ने कार्ययोजना तय गरिएको स्टेवर्डले बताए ।

    बुद्धले २९ वर्ष बिताएको कपिलवस्तुमा संसारकै अग्लो बुद्धमूर्ति निर्माणले विश्वमा नयाँ कीर्तिमान कायम गर्ने पूर्वप्रधानमन्त्री नेपालले बताए । उनले यो सम्पन्न गर्न सकिएमा नेपाल सगरमाथाले मात्र नभइ बुद्धको संसारकै अग्लो बुद्धमूर्तिले पनि चिनिने बताए । 

    कार्यक्रम चिनियाँ मास्टर से डे युन को उपस्थिति रहेको थियो । उनले उक्त परियोजनाका लागि श्रोत जुटाउन कठिन नहुने धारणा राखेका थिए । कार्यक्रममा अवधारणाले डिटेल डिजाइन गर्न बुद्धिष्ट सेन्टर, वाइअप कम्पनी मलेसिया र टीआईडीए कन्सट्रक्शन चाइनाबीच कार्यसम्झौता पनि गरिएको छ । 

    कार्यक्रममा कपिलवस्तुका प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री विष्णु प्रसाद पन्थी, लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तेय (अवधेश कुमार त्रिपाठी), कोषाध्यक्ष सिद्धिचरण भटराई, योजना प्रमुख सरोज भटराई, कपिलवस्तु नगरपालिकाका प्रमुख सुदीप पौडेललगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन सेन्टरका सचिव मोहन गौतमले गरेका थिए । 

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij